default_image

7 years ago

January 14, 2018

लिभरपुलसँग सिटी पराजित

51 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सिजनको सिजनको पहिलो हार बेहोरेको छ । लिभरपुलको घरेलु मैदानमा सिटी ४-३ ले पराजित भएको हो ।

Alex Oxlade Chamberlain

घरेलु मैदान एनफिल्डमा एलेक्स ओक्स्लेट च्याम्बरलेनको शानदार गोलको मद्धतले खेलको ९ औं मिनेटमा अग्रता लिएको लिभरपुलले ४० औं मिनेटमा रक्षात्मक त्रुटीका कारण गोल खाएको थियो । लियोरी सानेलाई गोमेजले मार्क गर्न नसक्दा सानेले नियर पोस्टमा गरेको बलियो प्रहारमा लिभरपुलका किपर क्यारियास सहजै चुकेका थिए ।

दोस्रो हाफको सुरुआतमा खेल नियन्त्रणमा राखेपनि सिटी रोबर्टो फर्मिनोको गोलसँगै पुनः पछि पर्यो । च्यामबरलेनको थ्रु बलमा जोन स्टोन्सलाई शारीरिक प्रतिस्पर्धामा पछि पारेका फर्मिनोले सिटीका किपर एडेरसनमाथिबाट चिप गर्दै लिभरपुललाई ५९ औं मिनेटमा दोस्रो गोल दिलाए । गोलको खुशी मनाउने क्रममा जर्शी उतारेका उनले पहेलो कार्डको सामना गर्नुपर्यो । त्यसको १ मिनेट नबित्दै साडियो मानेको प्रहार बारमा लागेर बाहिरिएपनि ६१ औं मिनेटमा पुनः उत्कृष्ट गोल गर्दै मानेले लिभरपुललाई तेस्रो गोल दिलाए ।

लिभरपुलको आक्रमण रोकिएन , ६८ औं मिनेटमा आफ्नो पोसिसनबाट अघि बढेर सिटीको किपर एडरसनले क्लियर गर्ने क्रममा सलाहले पाएको बललाई करिब ३५ यार्डबाट गोलकिपर माथिबाट प्रहार गर्दै गोल गरे ।

सिटीले ८४ औं मिनेटमा बरनान्डो शिल्भाको गोलमा गोल अन्तर घटाए । जर्मन मिडफिल्डर गुण्डोवोनले ४ मिनेट इन्जुरीसमयको पहिलो मिनेटमा गोल गर्दै लिभरपुलमाथि दबाब कायम राखे तर सिटीलाई त्यो गोल पर्याप्त भएन । हारका बाबजुत सिटीको शिर्षस्थानमा १५ अंकको बलियो अग्रता छ भने जितसंगै लिभरपुल तेस्रो स्थानमा उक्लेको छ ।

प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनलले १-० को अग्रता गुमाउँदै बोउर्नेमोथको घरेलु मैदानमा २-१ को हार बेहोरो । आर्सनन अंक तालिकाको छैंटौ स्थानमा छ ।

हाइलाइट्स

४-२ सम्मको गोल्हरु

४-३ गोल

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.