7 years ago
January 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स कलेजले केब्स अन्तर कलेज सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अनिष कार्कीको गोलमा जेम्स कलेजलाई १–० ले हराउदै टाइम्सले उपाधि जितेको हो । अनिषले सातौं मिनेटमा गरेको गोलनै खेलको निर्णयक बन्यो ।
आईडेल प्रतियोगिताको तेस्रो भयो । आईडेलले विट्सलाई ३–१ ले हराएको थियो । आईडेलका लागि सागर थापा, उजेन शेर्पा र अमित लामाले गोल गरे । विट्सका लागि केल्सग लामाले गोल गरे ।
४ गोल गरेका टाइम्सका अनिष उत्कृष्ट फरवार्ड , टाइम्सकै सन्तोष महत उत्कृष्ट गोलकिपर, आईडेलका सागार तामाङ उत्कृष्ट रक्षक र जेम्सका भुपन राजकोटी उत्कृष्ट मिडफिल्ड घोषित भए ।
टाइम्सले उपाधिसहित २५ हजार र दोस्रो टोलीले जम्सले १५ हजार रुपैयाँ प्राप्त गर्यो । विजेता, उपविजेता र तेस्रो हुने टोलीका खेलाडीलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र कलेजका प्रिन्सिपल मनोज प्रसाद भट्टराईले सयुक्त रुपमा पुरस्कार गरे ।
प्रतियोगिताका ४ विधाका उत्कृष्ट खेलाडीलाई कुमारी एकडेमी (केब्स) ले स्नातक तहमा छात्रबृत्ती दिने घोषणा सोही अवसरमा गरिएयो । समेत सोहि कार्यक्रममा घोषणा गरेको थियो । केब्सको आयोजनामा चावहिलको तरकारी बजार मैदानमा भएको प्रतियोगितामा राजधानीका ११ कलेजका १६ टोलीको सहभागिता थियो ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]