default_image

7 years ago

January 14, 2018

झापा स्पोर्ट्स अवार्डको मनोनय सार्वजनिक, अर्को वर्षबाट २ जनालाई मोटरसाइकल

96 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शखा झापाले अर्को साता आयोजना गर्ने झापा स्पोर्ट्स अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ जना खेलाडी र तीनवटा क्लबको नाम सार्वजनिक आज सार्वजनिक गरिएको छ ।

माघ ७ गते आयोजना गरिने अवार्डका लागि मञ्चले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी तीन विधामा तीन जना र अर्को विधामा तीनवटा क्लबको मनोनयन गरिएको जानकारी दिएको हो । मञ्चको प्रतिभा छनोट समितिका संयोजक पर्वत पोर्तेलले मनोनयनमा परेका खेलाडी र टीमको नाम घोषणा गरेका हुन् ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषका लागि विभिन्न विधाका ८ जना खेलाडीलाई सूचीमा राखेर तीमध्ये फुटबल खेलाडी विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालका भूपेन्द्र निरौलालाई मनोनयन गरिएको संयोजक पोर्तेलले जनाए ।

त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलाका लागि पनि विभिन्न विधाका ४ जना सम्भावित खेलाडीलाई सूचीमा राखेर तीमध्ये क्रिकेटका रुविना क्षेत्री, करातेका एस्तर राई र बक्सिङका सुलप मगर मनोनयनमा परेको जनाइएको छ ।

यस्तै युवा वर्ष खेलाडीका लागि सम्भावित सूचीमा राखिएका १० जना खेलाडीमध्ये फुटबलका देबेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राईलाई मनोनयन गरिएको प्रतिभा छनोट समितिका संयोजक पोर्तेले पत्रकार सम्मेलनमा घोषणा गरे ।
झापा स्पोर्ट्स अवार्ड २०७३ प्रदान गरिने अर्को विधा वर्ष उत्कृष्ट प्रशिक्षकको रुपमा ७ जनालाई सूचीमा राखेर छलफल गर्दा फुटबलका संजय राई, क्रिकेटका मनोज कट्वाल र करातेका सीता राई मनोनयनमा परेको सो अवसरमा जानकारी दिइयो ।

यस्तै पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेका छन् ।

पूर्वी नेपालमा नै पहिलो पटक आयोजना गरिएको स्पोर्ट्स अवार्डमा सबै विधा समावेश गर्ने प्रयास भएको भए पनि वर्ष २०७३ मा सम्पन्न भएका प्रतियोगिताहरुबाट उत्कृष्टता हासिल गरेका विधा समेट्नुपर्ने प्रावधानका कारण क्रिकेट र फुटबलमा केहीजना खेलाडी मनोनयनमा परेका अध्यक्ष रमेश समदर्शीले प्रष्ट पारे ।
स्पोर्ट्स अवार्डबाट विभिन्न विधाका ४ जना खेलाडीसहित एउटा टीम हरेकले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने छन् ।
झापा जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष भगिरथ आले ‘मामा’को प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल अध्यक्ष जलकुमार गुरुङको विशेष आतिथ्य रहेको थियो ।

पहिलो वर्षको अवार्ड वितरणमा समन्वयको अभावले उत्तिधेरै सहयोग गर्न नपाए पनि अर्को वर्ष आयोजना गरिने स्पोर्ट्स अवार्डमा आफूले दुईवटा मोटरसाइकल प्रायोजन गर्ने केन्द्रीय सदस्य गुरुङले घोषणा गरे ।

अध्यक्ष आलेले खेलाडी, प्रशिक्षक र टीमलाई नै उत्साह थप्ने योजनासहित पत्रकार मञ्चले आयोजना गरेको यस्तो अभियानको खुलेर प्रशंशा गर्नु पर्ने भन्दै अर्को वर्षका लागि आफू नेतृत्वको फुटबल संघले यथेष्ट सहयोग गर्ने आश्वासन दिए ।
हिजोमात्र निर्वाचित झापा जिल्ला फुटबल संघका अध्यक्ष ‘आले ’लाई सो अवसरमा बधाई तथा सम्मान पनि अर्पण गरिएको थियो ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.