default_image

7 years ago

January 14, 2018

लिभरपुल या म्यानचेस्टर सिटी ?

42 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज दुई आक्रामक टोली , लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन् । सिटीको घरेलु मैदानमा ५-० को लज्जास्पद हार बेहोरेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा कौटिन्होको प्रस्थानपछिको पहिलो खेल्दै छ ।

salah vs ag

साडियो मानेको रातो कार्ड पछि सम्हालिन नसकेको लिभरपुल अघिल्लो भेटमा बेहोरेको हारलाई मलम लगाउन जितको खोजीमा हुनेछ । तर यो सिजनको २२ खेलमा अपराजित रहेको सिटीलाई हराउन लिभरपुललाई सहज भने हुने छैन । सिटी प्रिमियर लिगको पछिल्लो ३० खेलमा अपराजित छ ।

यो सिजन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने दुई टोली हो सिटी र लिभरपुल । सिटीले ६५ गोल गरेको छ भने लिभरपुलको नाममा यो सिजन ५० गोल छ । रक्षात्मक हिसाबले भने सिटी बलियो देखिन्छ । २२ खेलमा सिटीले १३ गोल मात्र सामना गरेको छ भने लिभरपुलले २५ गोल खाएको छ। अघिल्लो सिजन भन्दा लिभरपुलको यो आँकडा राम्रो देखिएपनि कतिपय गोल भने रक्षात्मक त्रुटीका कारण भएका हुन् । भर्जिल भ्यान डाइकमा गरेको ७५ मिलियन पाउण्डको लगानीले यसमा सुधार आउने सबैको अनुमान छ ।

लिभरपुलले भने स्टार खेलाडी फिलिपे कौटिन्होलाई मिस गर्नेछ, तर उनी बिना पनि नतिजा आफ्नो पक्षमा ल्याउने सक्ने क्षमता लिभरपुलको टोलीमा रहेको प्रशिक्षक यर्गन क्लप बताउँछन् । क्लपले सिटी अघिको खेलमा भने , ‘हामीले टोलीमा रहेका खेलाडीबाट कौटिन्होको स्थान भर्नुपर्ने छ , र हाम्रो टोलीमा त्यो क्षमता पनि छ । ‘
लिभरपुलले यो सिजन कौटिन्होको अनुपस्थिति १४ खेल खेल्यो , जसमध्ये १० मा जित र ३ मा बराबरी नतिजा निकाल्यो ।

चोट र लिभरपुलको टोली

लिभरपुलको टोलीमा केही समयदेखि चोटका कारण बाहिरिएका स्पेनिस फुल ब्याक अल्बर्टो मोरेनो प्रशिक्षणमा फर्किएका छन भने ड्यानियल स्टुरेज पनि पूर्ण रुपमा प्रशिक्षणमा फर्किए । डिसेम्बर ६ मा च्याम्पियन्स लिगमा स्पार्टाक मस्कोसँगको खेलपछि स्टुरेजले लिभरपुलकोलागि खेलेका छैनन् ।

चोट र सिटीको टोली

सिटीका लागि भने यो सिजन राम्रो प्रभाव बनाएका ग्याब्रियल जिसस घुँडाको चोटको कारण यो खेलमा उपलब्ध हुने छैनन् । नियमित कप्तान भिन्सेन्ट कम्पनी चोटबाट फर्कन सक्ने केही सम्भावना रहेपनि बेन्जामिन मेन्डी भने घुँडाको चोटको कारण लामो समयका लागि बाहिर छन् ।

पछिल्लो भेट

लिभरपुल र सिटीबीचको पछिल्लो भेटमा सिटीले प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा ५-० को जित हात पारेको थियो । साडियो मानेको पहिलो हाफको रातो कार्ड पछि सिटीले खेल नियन्त्रणमा लिएको थियो । सर्जियो अगुएरोको गोलमा अग्रता लिएको सिटीकालागि जिसस र लोरेइ सानेले २-२ गोल गरेका थिए ।
सिटीको एनफिल्डमा नतिजा राम्रो भने छैन । प्रिमियर लिगको पछिल्लो २० भेटमा सिटीले एनफिल्डमा १४ हार बेहोरेको छ भने मे २००३को २-१ को विजयी नतिजा एक मात्र जित हो ।

Mane red card

मानेको रातो कार्डपछि पछिल्लो खेलमा लिभरपुल सम्हालिन सकेको थिएन ।

प्रिमियर लिगमा आजको खेल

बौरनेमोथ विरुद्ध आर्सनल – नेपाली समयानुसार बेलुकी ७:१५
लिभरपुल विरुद्ध म्यानचेस्टर सिटी – नेपाली समयानुसार बेलुकी ९:४५

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.