default_image

7 years ago

January 14, 2018

चेल्सी लेस्टरसँग रोकियो, टोटनह्यामको सहज जित

38 views

0 Bookmark

लन्डन (एजेन्सी) – साविक विजेता चेल्सी प्रिमियर लिगमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो हाफमा लेस्टरका खेलाडि बेन चिलवेलले रातो कार्ड पाउँदा लेस्टर १० खेलाडिमा सीमित भएको थियो ।

एक खेलाडि कम हुँदा पनि चेल्सीले आफ्ना अवसर लिन नसक्दा घरेलु टोली गोलरहित बराबरीमा रोकिन पुग्यो । यस नतिजासँगै चेल्सी अंकतालिकाको चौथो स्थामा खस्न सक्ने सम्भावना छ । लिभरपुलले शिर्षस्थानमा रहेको सिटीलाई हराउन सके चेल्सी चौथो स्थानमा पुग्नेछ । चेल्सीको ४७ अंक छ भने लिभरपुल ४४ अंकमा छ , दुवैको समान गोल अन्तर छ ।

त्यस्तै अर्को बलियो टोली टोटनह्यामले भने एभर्टनसँग वेम्ब्लीमा ४-० को सहजको जित दर्ता गर्न सफल भएको छ । टोटनह्यामका लागि ह्यारी केनले दुई गोल गरे । क्रिस्टियन एरिक्सन र हिउङ मिन सनले पनि गोल गरेका थिए ।

अन्य खेलमा क्रिस्टल प्यालेसले बाकरी साकोको निर्णायक गोलमा बर्नलीलाई १-० ले हरायो । वेष्ट ह्यामले हडर्सफिल्डमाथि ४-१ को शान्दार जित दर्ता गर्‍यो भने वेष्ट ब्रोमले ब्राइटनलाई २-० ले हराउन सफल रह्यो । यसैगरी न्युकासल युनाइटेड र स्वान्सीले १-१ को बराबरी खेले भने वाटफोर्ड र साउथह्याम्पटनले पनि २-२ को बराबरी खेले ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.