default_image

7 years ago

January 13, 2018

घरेलु मैदानमा रियल पराजित

32 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – अन्तिम समयको गोलसँगै भिल्लारियलले ला लिगा अन्तर्गत साबिक विजेता रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गरेको छ । रियलले थुप्रै मौका गुमाएपछि ८७ औं मिनेटमा पाब्लो फोर्नाल्सको एकमात्र गोल निर्णायक साबित भयो । ला लिगामा रियलविरुद्ध भिल्लारियलको यो पहिलो जित हो । 

ronaldo sad again

रियलले पहिलो हाफको १४ औं मिनेटमा गोल गरेपनि ग्यारेथ बेलको गोललाई अफसाइडका कारण मान्यता दिइएन । खेलको ३० औं मिनेटका क्रिस्टियानो रोनाल्डोले रियललाई अग्रता दिलाउने मौका पाएपनि उनले भिल्लारियलका गोल किपर सर्जियो असेन्जोसँगको ‘वोन अन वन’ मा फ्रेम बाहिर प्रहार गर्दै सुनौलो अवसर खेर फालेका थिए । त्यस्तै इसकोले दिएको पासमा बेलले ४२ औं मिनेटमा उनको कमजोर दाँया खुट्टाले गरेको प्रहार पनि बाहिरिएपछि पहिलो हाफ गोल रहित अन्त्य भयो ।

दोस्रो हाफमा पनि घरेलु टोलीले गोल गर्ने प्रयास गर्यो तर सफल भएन । एकातर्फ रियलको गोल गर्ने प्रयास विफल हुँदा खेलको ८७ औं मिनेटमा काउन्टर एट्याकमा फोर्नाल्सले भ्रमणकारी टोलीलाई विजयी गोल दिलाए । पहिलो पटक इनेस उनाल्सको प्रहार गोलकिपर नाभासले रोकेपनि फोर्नाल्सले रिबाउन्डमा गोल गर्दै भिलारियललाई अग्रता दिलाए । रिबाउन्डमा पाएको बललाई गोलकिपर नाभासमाथि चालाखीपूर्ण चिप गर्दै उनले गोल गरे । बाँकी समय र थापिएको ३ मिनेटको इन्जुरी समयसम्म अग्रता जोगाउँदै भिल्लारियलले रियललाई घरेलु मैदानमा स्तब्ध बनाएको हो ।

यो हारसंगै रियलको १८ खेलमा ३२ अंक छ । चौथो स्थानमा रहेको रियल शिर्ष स्थानको बार्सिलोना भन्दा १६ अंक तल छ । त्यस्तै ३१ अंक सहित भिल्लारियल पाचौं स्थानमा उक्लिएको  छ ।

आइतबार ०७:१० मा सच्चाइएको

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.