default_image

7 years ago

January 13, 2018

नेयमारप्रति युनाइटेडको पनि चासो

72 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार भित्राउन चासो देखाउनेमा अब प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड पनि थपिएको छ । पछिल्लो एक प्रतिवेदनका दाबी अनुसार प्रिमियर महारथी युनाइटेड समरमा नेयमारलाई लिन ४ सय ४३ मिलियन युरो खर्च गर्न समेत तयार रहेको उल्लेख छ ।

पछिल्लो समरमा पिएसजीले विश्व कीर्तिमन रकम २ सय मिलियन युरोमा बार्सिलोनाबाट नेयमारलाई भित्राएको थियो । ब्राजिलियन युवाले प्रभावशाली प्रदर्शन गर्ने क्रममा सबै प्रतियोगितामा गरि २० गोल गर्नुका साथै १२ गोलमा एसिस्ट गरेका छन् ।

पिएसजीमा नेयमार सन्तुष्ट रहन नसकेको समाचार सार्वजनिक भएसँगै उनी १२ पटकको युरोपियन च्याम्पियन रियल म्याड्रिड जाने चर्चा सुरु भएको थियो । ले १० स्पोर्टसका अनुसार २५ वर्षे स्ट्राइकर नेयमारलाई भित्राउन युनाइटेड पनि इच्छुक देखिएको छ । जसका लागि युनाइटेडले नेयमारका लागि पछिल्लो ६ महिनामा खर्च गरेको भन्दा दोब्बर तिर्न तयार भएको उल्लेख छ ।

यसअघि युनाइटेडका कार्यकारी उपाध्यक्षका इड उडवार्डले प्रारम्भिक रुपमा एन्टोनियो ग्रिजम्यानलाई किन्नको लागेको बताएका थिए । तर, पनि सरुवा रकम बढी तिर्नुपर्ने देखिएपछि युनाइटेडले ग्रिजम्यान भित्राउने योजना स्थगित गरेको थियो । अब भने युनाइटेड नेयमार भित्राउने प्रयासमा जुट्ने बताइएको छ ।

प्रिमियर लिगमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले दबदबा कायम राखेकोले पनि कडा चुनौतिका लागि पनि जोसे माउरिन्हो ठूलो रकम खर्च गरेपनि थप खेलाडी भित्राउने पक्षमा रहेका छन् । रियलले पनि नेयमार भित्राउन अभियान छाडेको छैन । यी दुई क्लबको प्रतिस्पर्धाका कारण समरमा अहिले सम्मकै ठूलो सरुवा हुन सक्ने अनुमान गरिएको छ ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.