7 years ago
January 13, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी दक्षिण एसियाली सेभेन ए साइड फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० ले हराउन सफल भएको हो ।
नेपालका लागि सुनिल विकले ९ औं मिनेटमा गोल गर्दै गोलको खाता खोलेका थिए भने सुनिलले २४ औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पारे । ५० मिनेटको निर्धारित खेलको दोस्रो हाफमा नेपाल थप दुई गोल गर्न सफल रह्यो । शुशील लामाले खेलको ४२ र ४८ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
प्रतियोगितामा नेपाल र भुटान लगायत भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको छ । लिगकप नकआउटको आधारमा खेलिने सो प्रतियोगिताको विजेताले २ हजार अमेरिकी डलर तथा दोस्रो हुने टोलीले १ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । यस अघिको सातौं दक्षिण एसियाली सेभेन ए साइड फुटबलको उपाधि नेपालले नै जितेको थियो ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]