default_image

7 years ago

January 13, 2018

मनाङलाई हराउँदै आर्मी खप्तड गोल्डकपको फाइनलमा

54 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङदीलाई ३-१ ले हराएको छ ।

तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद

खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिन सफल भयो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले सो अवसरलाई सदुपयोग गरेका थिए ।

तर खेलको २३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए । खेलको ४२ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले टोलीका लागि अग्रता लिने राम्रो मौका पनि खेर फालेका थिए । तर त्यसको ३ मिनेटपछि नवयुगले पाएको अर्को अवसर भने परिणत गर्दै आर्मीलाई खेलमा पहिलो पटक अग्रता दिलाए ।

खेलको ६१ औं मिनेटमा सुजल श्रेष्ठले पाएका राम्रो अवसर उनले खेर फालेका थिए । त्यस्तै ७७ औं मिनेटमा नवयुगले गोलकिपर दिनेश थापा मगरसँग ‘वान भर्सेस वान’ को मौका पनि गुमाएका थिए ।

त्यस्तै खेलको ८८ औं मिनेटमा सन्तोष तमाङले नवयुगको पासमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । खेलका म्यान अफ द म्याच नवयुगले जितेका थिए । यस जितसँगै आर्मी फाइनलमा पुगेको छ र भोली हुने सुदुरपश्चिम र एपिएफको विजेतासँग फाइनलमा भिड्ने छ ।

धनगढी आउनु अघि आर्मीले मोफसलका ३ र मनाङले २ उपाधि जितिसकेका थिए । यी दुई टोलीले गत महिना ३ वटा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलिसकेका पनि थिए । जसमध्ये २ मा आर्मी र १ मा मनाङ विजयी भएका छन् । यी दुई टोलीबीच आजको भेट वर्षको चौथो भेट हो ।

क्वार्टरफाइनलमा अग्नी रुपन्देही ११ लाई ४–० ले हराएको २४ घन्टा भन्दा कम समयमा मनाङ सेमिफाइनलका लागि उत्रिएको हो । आर्मीले भने रुस्लान थ्री स्टार क्लबलाई २–१ ले हराएको दुई दिन पछि सेमिफाइनल खेल्दै हो ।

गत महिना सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा मनाङलाई हराएको आर्मी दुहवी गोल्ड कपमा भने पराजित भएको थियो । त्यसअघि आर्मीले वैशाखमा वीरगन्जमा विशाल स्मृति र मनाङले भदौंमा जेसिज कपको उपाधि जितेका थिए । दुवहीपछि यी दुई टोलीबीच आजको भेट पहिलो थियो ।

खप्तड गोल्ड कपको विजेताले ११ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

आर्मीका प्रशिक्षक नविन न्युपाने

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

January 20, 2025

एन्फा यु १६ लिग – संकटा र मछिन्द्रको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज २ खेल भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार संकटा फुटबल क्लब र मछिन्द्र फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे । दोस्रो खेलमा संकटाले हिमालयन शेर्पा […]

January 20, 2025

सिटीको सानदार जित, युनाइटेड फेरि पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ। अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । सिटीले इप्स्विच टावनलाई ६–० ले हरायो । इप्स्वीचको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले २, माटेओ कोभासिक, जेरेमी डोकु, एर्लिङ हाल्यान्ड र जेम्स म्याकअटीले समान १ गोल गरे । सिटीका फोडेनले २७औं […]

Success

Thank you for your time.