default_image

7 years ago

January 13, 2018

खप्तड गोल्डकप सेमिफाइनल पहिलो हाफ: आर्मी २-१ मनाङ

58 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङदी भिड्दै छन् । पहिलो हाफको अन्त्यमा आर्मीले २-१ को अग्रता लिएको छ । 

खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिन सफल भयो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले सो अवसरलाई सदुपयोग गरेका थिए ।

तर खेलको २३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए । खेलको ४२ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले टोलीका लागि अग्रता लिने राम्रो मौका पनि खेर फालेका थिए । तर त्यसको ३ मिनेटपछि नवयुगले पाएको अर्को अवसर भने परिणत गर्दै आर्मीलाई खेलमा पहिलो पटक अग्रता दिलाए ।

धनगढी आउनु अघि आर्मीले मोफसलका ३ र मनाङले २ उपाधि जितिसकेको छ । यी दुई टोलीले गत महिना ३ वटा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलिसकेका छन् । जसमध्ये २ मा आर्मी र १ मा मनाङ विजयी भएका छन् । यी दुई टोलीबीच आजको भेट वर्षको चौथो भेट हो ।

क्वार्टरफाइनलमा अग्नी रुपन्देही ११ लाई ४–० ले हराएको २४ घन्टा भन्दा कम समयमा मनाङ सेमिफाइनलका लागि उत्रिएको हो । आर्मीले भने रुस्लान थ्री स्टार क्लबलाई २–१ ले हराएको दुई दिन पछि सेमिफाइनल खेल्दै हो ।

गत महिना सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा मनाङलाई हराएको आर्मी दुहवी गोल्ड कपमा भने पराजित भएको थियो । त्यसअघि आर्मीले वैशाखमा वीरगन्जमा विशाल स्मृति र मनाङले भदौंमा जेसिज कपको उपाधि जितेका थिए । दुवहीपछि यी दुई टोलीबीच आजको भेट पहिलो हो ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.