default_image

7 years ago

January 13, 2018

केन प्लेयर अफ दी मन्थ चुनिए, प्रशिक्षकमा ग्वार्डिवोला

34 views

0 Bookmark

लन्डन (एजेन्सी)– टोटेनह्यामका स्ट्राइकर हेरि केनले छैटौं पटक प्लेयर अफ दी मन्थको अवार्ड जितेका छन् । उनले प्रिमियर लिगमा स्टेभेन जेरार्डसँगको कीर्तिमानी बराबरी गरेका छन् ।

डिसेम्बरमा मात्र ८ गोल गरेका केनले बर्नली र साउथह्याम्टनविरुद्ध लगातार ह्याट्रिक गरेका थिए । सन् २०१७ मा उनले प्रिमियर लिगमा ३९ गोल गरेका थिए ।

‘एकदम खुसी छु । गर्व लागेको छ,’ जेरार्डसँगको कीर्तिमान बराबरी गरेपछि भने, ‘साउथह्याम्टनसँगको गोल मलाई मन परेको गोल मध्येको हो । त्यो खेलअघि धेरै खाले टिका टिप्पणी भएको थियो । तर पनि म आफ्नो लक्ष्यमा सफल भएको छु । ‘

एक्पर्ट प्यानल, प्रिमियर लिगका कप्तान र समर्थकहरुको मताका आधारमा उनी प्लेयर अफ दी मन्थ चुनिएका हुन् । त्यस्तै म्यानचेस्टर सिटीका पेप ग्वार्डिवोला प्लेयर अफ दी कोच चुनिएका छन् ।

ग्वार्डिवोलाले लगातार चौथो पटक उक्त अवार्ड जितेका हुन् । बोर्नमाउथका स्ट्राइकर जेरेमी डेफोले गोल अफ दी मन्थको अवार्ड जितेका छन् । किस्टल प्यालेसविरुद्धको गोलका लागि उनलाई त्यो अवार्ड दिइएको हो ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.