default_image

7 years ago

January 12, 2018

साविक विजेता मनाङ खप्तड गोल्ड कपको सेमिफाइनलमा

61 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत आज अग्नी रुपन्देही ११ लाई ४–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङले अब शनिबार नै त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ । आर्मी रुस्लान थ्री स्टारलाई हराउँदै अन्तिम चारण्मा पुगेको थियो । मनाङको जितमा भिक्टर, विशाल राई र विमल रानाले गोल गरेका थिए । अर्को एक गोल आत्मघाती भएको थियो ।

खेल सुरु भएको १९ औं मिनेटमा भिक्टरको गोलमा मनाङले अग्रता लिएको थियो । कप्तान अनिल गुरुङको पासमा भिक्टरले गोल गरेका थिए । ५५ औं मिनेटमा रुपन्देहीका छिरिङ गुरुङको आत्मघाती गोलमा मनाङको अग्रता दोब्बर भएको हो । खेलको अन्त्यतर एक मिनेटको फरकमा दुई गोल गर्दै मनाङले जित सहज बनाएको थियो । विशालले ८३ औं र लगत्तै अर्को मिनेटमा विमलले गोल गरेका थिए ।

मनाङका भिक्टर खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । अर्को सेमिफाइनल आयोजक सुदूरपश्चिम ११ र एपिएफ क्लबबीच आइतबार हुनेछ । खप्तड गोल्ड कपको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.