7 years ago
January 12, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत अग्नी रुपन्देही ११ विरुद्ध पहिलो हाफमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले अग्रता लिएको छ ।
खेल सुरु भएको १९ औं मिनेटमा भिक्टोरले गरेको गोलमा मनाङले अग्रता लिएको हो । कप्तान अनिल गुरुङको पासमा भिक्टोरले गोल गरेका थिए । आजको खेलको विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
अर्को सेमिफाइनल आयोजक सुदूरपश्चिम ११ र एपिएफ क्लबबीच हुनेछ । खप्तड गोल्ड कपको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्टसबाट भइरहेको छ ।
September 29, 2024
एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]
September 28, 2024
एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]
September 28, 2024
एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]