7 years ago
January 12, 2018
काठमाडौँ (हाम्रोखेलकुद)- चेल्सी फुटबल क्लबको नेपालस्थित आधिकारिक समर्थकहरुको समुह चेल्सी नेपालले यहि जनवरी २० तारिखमा ललितपुरको झम्सीखेलस्थित स्पोर्ट्स हाईव बारमा चेल्सी कार्निभल गर्ने भएको छ।
चेल्सी नेपालले आफुले समर्थन गर्ने क्लबलाई स्थानिय स्तरमा प्रबद्दन गर्नको लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ। संस्थागत रुपमा नेपालकै पहिलो फ्यान क्लब चेल्सी नेपालले नियमित यस प्रकारको कार्यक्रम गर्दै आएको छ र त्यसैलाई निरन्तरता दिन लागेको क्लबका सचिव सलिल प्रसाद श्रेष्ठले जानकारी दिए। श्रेष्ठ भन्छन्,’ बिगतमा हामीले धेरै कार्यक्रम गरेपनि कार्निभल भनेर गर्न लागेको पहिलो पटक हो र यो कार्यक्रम बारे चेल्सी क्लबलाई पनि हामीले ध्यानकर्षण गराइसकेका छौं।’
कार्निभलमा चेल्सी सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता, विभिन्न मनोरन्जनात्मक खेल, लाइभ ब्याण्ड, वृतचित्र प्रदर्शनी र चेल्सीका पुराना खेलाडीसँग लाइभ भिडियो अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। हाजिरी जवाफ र विभिन्न मनोरन्जनात्मक खेलको बिजेताहरुले आकर्षक पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अजित ताम्राकारले बताए।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]