default_image

7 years ago

January 12, 2018

सेल्टा भिगोविरुद्ध मेस्सीको २ गोल

27 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– लियोनल मेस्सीले आफ्नो कोपा डेल रेको उच्च लयलाई निरन्तरता दिने क्रममा गए राति सेल्टा भिगो विरुद्ध २ गोल गरेपछि अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ५–० ले हराएको छ । सबै प्रतियोगितामा गरि पछिल्ला १४ खेलमा मेस्सीले २४ गोलका लागि भूमिका निभाएका छन् ।

जसमा उनले १४ गोल आफै गरेका छन् भने १० गोलमा एसिस्ट गरेका छन् । गए रातीको २ गोल पछि कोपा डेल रेमा सर्वाधिक गोल कर्ताको शीर्ष १० मा पुगेका छन् । उनको गोल संख्या ४६ पुगेको छ । सेल्टा भिगोविरुद्ध मेस्सीमात्र होइन अन्य खेलाडीले पनि उच्च प्रदर्शन गरे । मेस्सीले १३ र १५ औं मिनेटमा गोल गरे भने जोर्डी अल्बाले २८ औं मिनेटमा गोल थपे ।

त्यस्तै लुइस स्वारेजले ३१ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ४–० ले अग्रता लिएको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा इभान राकिटिचले गोल गरेपछि बार्सिलोनाको जित थप सहज भएको थियो । ला लिगामा आइतबार बार्सिलोनाले रियल सोसिडाडको सामना गर्नेछ ।

पहिलो लेगमा १-१ को बराबरी खेलको बार्सिलोनाले यस नतिजासँगै एग्रिगेटमा स्कोर ६-१ बनाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै हिजो रातिका अन्य खेलमा इस्पानियोलले लेभान्टेलाई २-० ले हराउँदै एग्रिगेटमा ३-२ को स्कोरसाथ क्वाटरफाइनल प्रवेश गर्‍यो । सेभिल्ला पनि काडिजलाई २-१ ले हराउँदै अर्को चरण पुगेको छ । पहिलो लेगमा सेभिल्लाले २-० को सहज जित दर्ता गरेको थियो ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.