7 years ago
January 11, 2018
पोखरा (हाम्रो खेलकुद) – बगर भाई खलकको आयोजनामा साँतौ स्व. रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’ अर्को साता सुरु हुने भएको छ । ‘स्वस्थ्यको लागि एक घन्टा व्यायाम नागरिकका लागि नौलो आयाम’ भन्ने मुल उद्धेश्यका साथ प्रतियोगिता माघ २ गते देखि माघ ७ गते सम्म संचालन हुने आयोजक संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसपटक बगर भाइ खलक युके, युनाइटेड भेट्रान कलकत्ता भारत, काठमाडौ, विरगञ्ज, हेटौडा, चितवन, बुटवल, कैलाली लगाएत स्थानिय क्लबहरु गरि २६ टोलीको सहभागिता रहने अनुमान गरिएको तयारी संयोजक चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि ४० देखि ६५ वर्षको उमेर तोकिएको छ ।
पोखराको वगर स्थित टुँडीखेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता यस वर्ष पोखरा रत्न एवं खेलकुद कर्मी स्व. रन्जित गुरुङको स्मृतिमा खेलाइने छ । उनी पोखराको खेलकुदको विकास लागी सक्रिय व्यक्तित्व रहेका थिए । उनी तत्कालिन पोखरा उपमहानगरपालिकाले पोखरा रत्नवाट सम्मानित व्यक्तित्व समेत हुन ।
यस बर्ष देखि प्रतियोगिताको नगद पुरस्कार रासी मा वृद्धि गरिएको छ संस्थाले जनाएको छ । जस अनुसार विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । अध्यक्ष गुरुङले प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख खर्च लाग्ने बताए । ‘भेट्रानहरुलाई मैदानमा उतारेर यो प्रतियोगिता मार्फत तिन वटा पुस्तालाई संगै हिडाउने प्रयासको थालनी’ भएको उनले बताए । उनले भने–‘हाम्रो प्रतिवद्धता नै समाजमा खेलकुदका माध्यम द्वारा स्वस्थ्य समाजको निर्माण गर्नु हो ।’
संस्थाले पोखराको खेल विकासमा योगदान गर्नेमध्येबाट प्रशिक्षक डम्बर गुरुङलाई सम्मान गर्ने भएको छ । यसअघि पूर्व खेलाडीस्व.सुक बहादुर गुरुङ, मोतिमान शाक्य (२०६८), स्व. शिवशंकर रंजित (२०६९), शम्भु कार्की (२०७०), केशब रंजित (आनन्द) (२०७१), ईन्द्र गौचन (२०७२) दक्ष वहादुर गुरुङ (२०७३) लाई सम्मान गरिएको थियो ।
स्व. रन्जित गुरुङको परिवार छोरा वुहारीहरु राजु गुरुङ र विमला गुरुङ र पदमराज गुरुङ र सीता गुरुङ छोरी ज्वाइहरु मन्जु गुरुङ र मेजर खुसीमान गुरुङ र जुली गुरुङ थापा र राजु थापाले संयुक्त रुपमा ५ बर्षको लागी मुख्य प्रायोजन गर्ने भएका छन भने बगर भाइ खलक युकेले सह प्रायोजन गर्ने भएको छ ।
वगर भाइ खलकले प्रतियोगिताका लागि शिल्ड, मेडल हरु समेत पठाएको संस्थाका महासचिव एवम जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङले बताए । प्रतियोगिताका लागि मोहन गुरुङ युके, दिनेश गुरुङ र पोखरा १६ निवासी प्रतिक गुरुङले नगद सहयोग गरेका छन् ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]