default_image

7 years ago

January 11, 2018

महिला फुटबलमा एपीएफ च्याम्पियन

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गत १६ औं राष्ट्रिय महिला फुटबल लिगको च्याम्पियन बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहिबार भएको सुपर लिग अन्तर्गतको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । प्रतियोगिताको लिग तथा सुपर लिगमा अपराजित रहँदै एपीएफले उपाधि जितेको हो ।
एपीएफले सुपर लिगमा ९ अंक जोड्यो । सुपर लिगको अन्तिम खेलमा एपीएफलाई उपाधि दिलाउन सावित्रा भण्डारीले २ तथा सरु लिम्बूले एक गोल गरे । रुपा राना मगरले पनि पुलिसका लागि एक गोल फर्काइन् ।

एपीएफले १७ औं मिनेटमा सावित्राको गोलबाट शुरुवाती अग्रता बनायो । रेनुका नगरकोटीको फ्रिकिकलाई पुलिसका गोलरक्षक सुस्मिता ठकुरीले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई सावित्राले गोलमा परिणत गरेकी थिईन् । त्यसको दुई मिनेटपछि नै सरु लिम्बुले गोल गर्दै अग्रता दोब्बर पारिन् । ३४ औं मिनेटमा रुपा रानामगरले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याइकी थिइन् । पहिलो हाफमा २–१ को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा एक गोल गर्दै जित पक्का गर्‍यो । सावित्राले ७५ औं मिनेटमा थापा एक गोल गरिन् ।

उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले १ लाख प्राप्त गर्‍यो । आर्मीले बिहिबार सुदूरपश्चिमलाई ७–० ले हराएको थियो । आर्मीले लिगमा ६ अंक जोड्यो । नेपाल पुलिसले तेस्रो बन्दै ५० हजार प्राप्त गर्‍यो । लिगको पुछारमा सुदूरपश्चिम रह्यो ।

प्रतियोगिताको विधागततर्फ पनि एपीएफ अघि रह्यो । एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, आर्मीकी दीपा राई उत्कृष्ट मिडफिल्डर र डिफेन्समा उत्कृष्ट आर्मीकी अन्जली वाइबा चुनिईन् । एपीएफकी एन्जिला थुम्बाप्पो सुब्बा उत्कृष्ट गोलरक्षक र एपीएफका जनक सिंह उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट बनेका सबै खेलाडीले समान २५–२५ हजार नगद प्राप्त गरे ।

विजयी टोली तथा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन), एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कणि कुवर र महिला कमिटिका अध्यक्ष कल्पना पिया श्रेष्ठले पुरस्कृत गरे । पुस १५ गतेबाट शुरु भएको प्रतियोगितामा तीन विधागीय सहित पाँच विकास क्षेत्रको सहभागिता रहेको थियो ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.