default_image

7 years ago

January 11, 2018

काराबाओ कपमा आर्सनल र चेल्सीको गोलरहित बराबरी

35 views

0 Bookmark

लण्डन (एजेन्सी) – गए राति इङ्ग्लिस काराबाओ कपमा आर्सनल र चेल्सीले सेमिफाइनल खेलको पहिलो लेगमा गोल रहित बराबरी खेलेका छन् ।

चेल्सी र आर्सनल दुवै टोलीले खेलमा केहि मौका पाए पनि तिनको सदुपयोग गर्न सकेका थिएनन् । रेफ्रि मार्टिन एट्किन्सनले दुवै टोलीको एक-एक पेनाल्टिको अपिललाई ‘भिडियो असिस्टेन्ट रेफ्रि’ द्वारा अस्वीकृत गरेका थिए ।

आर्सनलले आफ्ना खेलाडि एलेक्सिस सान्चेजलाई बेन्चबाट सुरुवात गराएका थिए । सान्चेजको यसै ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटी जाने हल्ला पनि रहेको छ । त्यस्तै अब आर्सनल र चेल्सी जनवरी २४ को दोस्रो लेगमा आर्सनलको घरेलु मैदान एमिरेट्समा भिड्ने छन् ।

अस्ति राति भएको अर्को सेमिफाइनल खेलमा भने म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई सर्जियो अगुएरोको निर्णायक गोलको मद्दतले २-१ ले हराएको पनि थियो ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.