default_image

7 years ago

January 11, 2018

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा

32 views

0 Bookmark

एमियन्स (एजेन्सी) – गए राति फ्रेन्च लिग कपमा साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) ले एमियन्सलाई उसकै घरेलु मैदानमा २-० ले हराएको छ । यस जितसँगै पिएसजी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एमियन्सले रक्षात्मक खेल खेल्दै पहिलो रोजाईको पिएसजीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । एमियन्सका गोलकिपरले पहिलो हाफमा रातो कार्ड पाउँदै मैदान छाड्नु परेको पनि थियो ।

तर दोस्रो हाफमा पिएसजी दुई गोल गर्न सफल भयो । पिएसजीका लागि नेयमारले खेलको ५३ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । त्यस्तै खेलको ७८ औं मिनेटमा एड्रियन राबियोटले थप गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

सो जितसँगै पिएसजी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । जनवरी ३१ मा खेलिने सेमिफाइनलमा पिएसजी रेनेसको सामना गर्दै छ । त्यस्तै अर्को सेमिफाइनल खेलमा भने एएस मोनाकोले मोन्टपिलेरको सामना गर्ने छ ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.