default_image

7 years ago

January 10, 2018

उद्घाटन खेलमा ईस्ट पोल विजयी

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – केब्स अन्तर कलेज ६-ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बुधवार ईस्ट पोल कलेज विजयी भएको छ ।

उद्घाटन खेलमा ईस्ट पोल कलेजले रोयल्टी कलेज ‘ए’ लाई पेनाल्टीमा २-० ले पराजित गरेको हो । निर्धारित ४० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । त्यस्तै, आज भएको दोस्रो खेलमा जेम्स कलेजले अरुणिमालाई १-० ले हरायो ।

त्यसैगरी, तेस्रो खेलमा आईडेल उ.मा.वि.ले बज्र कलेज माथि ३-० को जित हात पारेको छ । आज भएको अन्तिम खेलमा के.यु. सिटी कलेजले आयोजक कुमारी माथि ३-० को जित दर्ता गर्न सफल भएको हो ।

कुमारी इङलिस बोर्डिङ स्कुल (केब्स) को आयोजनामा सुरु भएको यस प्रतियोगितामा राजधानीका ११ वटा कलेजका १६ टिम प्रतिस्पर्धा गर्दै छन् । नक-आउटको आधारमा खेलिने यस प्रतियोगिता ५ दिन सम्म काठमाडौँको चावहिल तरकारी बजारको मैदानमा चल्ने छ ।

प्रतियोगितामा आयोजक कुमारी कलेज, ईस्ट पोल उ.मा.वि., रोयल्टी कलेज, जय देवकोटा कलेज, अरुणिमा उ.मा.वि., आईडेल उ.मा.वि., जेम्स कलेज, के.यु. सिटी कलेज, बज्र कलेज, कोलम्बस कलेज र द टाइम्स उच्च मा.वि. छन् ।

यस प्रतियोगिताका विजेताले नगद रु. २५ हजार र उप विजेताले नगद रु. १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.