default_image

7 years ago

January 10, 2018

अन्जनको दुई गोलमा एपीएफ संकटाविरुद्ध विजयी

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सिएमजी क्लब संकटालाई २–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफलाई जिताउन दुवै गोल अन्जन विष्टले गरे ।

प्रतिस्पर्धात्मक बनेका खेलमा २३ औं मिनेटमा अन्जन विष्टको गोलबाट एपीएफले शुरुवाती अग्रता दिलाए । श्याम नेपालीको पासमा युवराज खड्काले भेट्न नसकेको बललाई अन्जनले हेडमार्फत गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा १ गोलको अग्रता लिएको एपीएफले खेल सकिन पाँच मिनेट बाँकी हुँदा अर्काे गोल गर्दै जित सुनिश्चित गरेको थियो । ८५ औं मिनेटमा अन्जनले नै गोल गर्न सफल भएका थिए ।

त्यसअघि दुवै टोलीले पाएका सुन्दर मौकाहरुलाई गोलमा परिणत गर्न सकेनन् । संकटाविरुद्ध दुई गोल गरेका अन्जन खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे ।

अब एपीएफले फाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो । सुदूरपश्चिम र एपीएफबीचको खेल आइतबार हुनेछ ।

प्रतियोगिता अन्तर्गतको तेस्रो क्वार्टरफाइनलमा बिहिबार रुस्लान थ्री स्टार क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । थ्री स्टारले रमपम झापा–११ लाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने आर्मी वाई पाएर क्वार्टरफाइनलमा पुगेको थियो ।

पुस २१ बाट शुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चलनेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । उपविजेताले ५ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५-१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.