default_image

7 years ago

January 10, 2018

“रोनाल्डो होइन बलोन डि’ओर मैले जित्न पर्ने”

50 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रोनाल्डोले यस वर्ष आफ्नो पाँचौ बलोन डि’ओर उपाधि जित्दै सर्वाधिक बलोन डि’ओरको सूचीमा लियोनल मेस्सीको बराबरीमा आएका छन् । तर उनको सन् २०१३ को बलोन डि’ओरको लागि भने उनी आलोचित भएका छन् ।

फ्रान्सका विङर फ्रान्क रेबेरीले सन् २०१३ को बलोन डि’ओर रोनाल्डोले होइन आफूले जित्नु पर्ने दाबी गरेका छन् । सो साल बलोन डि’ओरको सूचीमा रिबेरी मेस्सी र रोनाल्डोपछि तेस्रोमा आएका थिए ।

रोनाल्डोले २७ प्रतिशत मत पाएका थिए भने मेस्सीले २४ तथा रिबेरीले २३ प्रतिशत मत पाएका थिए । रोनाल्डो सन् २०१३ का सर्वाधिक गोलकर्ता थिए तर कुनै उपाधि भने जित्न सकेका थिएनन् ।

उता रिबेरीले बुन्डेस लिगा, च्याम्पियन्स लिग, युएफा सुपर कप, फिफा क्लब वर्ल्ड कप साथै उत्कृष्ट फ्रेन्च खेलाडि, उत्कृष्ट बुन्डेस लिगा खेलाडि र युएफाका उत्कृष्ट खेलाडि समेत घोषित भएका थिए ।

“२०१३ मा जित्न पर्ने मैले सबै प्रतियोगिता जितेको थिएँ । त्यस्तै अन्य व्यक्तिगत उपाधि पनि मैले जितेँ । तर फ्रान्स फुटबलको साथ मलाई थिएन जस्तो लाग्छ । सोझो अर्थमा भन्दा म लुटिएको थिएँ,” रिबेरीले इङ्ग्लिस पत्रिका एक्सप्रेसलाई बताए ।

बलोन डि’ओरले अग्रपंक्तिका खेलाडिहरुलाई मात्र प्राथमिकता दिएको छ भन्ने आलोचना पाउँदा रिबेरीले बलोन डि’ओरमाथि थप प्रश्न उठाएका छन् ।

रोनाल्डोले बलोन डि’ओर जितेपछि यस सिजन आफ्नो स्तरमा खेल पस्किन सकेका छैनन् । उनका प्रतिद्वन्दि मेस्सी भने राम्रो लयमा रहेकाले अहिलेदेखि नै यस वर्षको बलोन डि’ओर मेस्सीले लैजाने अनुमान आउन थालिसके । सन् २००७ मा काकाले बलोन डि’ओर उपाधि जितेयता सो उपाधि सधै मेस्सी वा रोनाल्डोकै नाममा रहेको छ ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.