default_image

7 years ago

January 9, 2018

रुपन्देही खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अग्नि रुपन्देही–११ धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानको ड्रुक स्टारलाई ३–२ ले पराजित गर्दै रुपेन्देहीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । रुपेन्देहीको जितमा अमर डंगोलले २ तथा मनिस थापाले १ गोल गरे । पराजित ड्रुक स्टारका कुङ्गा रवगे र यासी दोर्जेले समान १–१ गोल गरे ।

खेलको २२ औं मिनेटमा अमर डंगोलको गोलबाट रुपन्देहीले शुरुवाती अग्रता बनाएको थियो । ३८ औं मिनेटमा अमरले नै गोल गर्दै रुपेन्देहीको अग्रता दोब्बर पार्दा पारे । दोस्रो हाफमा रुपेन्देहीले थप एक गोल गर्दा दुई गोल खान पनि पुगेको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल पस्केको भुटानको ड्रुक स्टारका लागि कुङ्गा रवगेले ५८ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि ड्रुकले ६९ औं मिनेटमा अर्काे गोल खान पुग्यो । यसपटक रुपन्देहीका मनिष थापाले गोल गरे ।

खेलको इन्जुरी समयमा यासी दोर्जेले गोल गरेपनि खेल ३-२ मै सकिएको हो । दुई गोल गरेका रुपेन्देहीका अमर डंगोल ‘म्यान अफ द म्याच’ घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार नेपाल एपीएफ क्लब र सिएमजी क्लब संकटाबीच खेल हुनेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रस्पिर्धा गर्नेछ ।

पुस २१ बाट शुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चलनेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५ लाख ५५ हजार ५५५ नगद प्राप्त गर्नेछ । यसैगरी विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५-१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.