default_image

7 years ago

January 9, 2018

आहा रारा गोल्ड कपको पुरस्कार राशीमा बृद्धि

83 views

0 Bookmark

पोखरा २५ (हाम्रो खेलकुद) – पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता पुरस्कार राशीमा बृद्धि गरिएको आयोजन सहारा क्लबले जनाएको छ । यसपटकको विजेताले ७ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले ३ ला ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत वर्ष विजेताले ५ लाख १ हजार दोस्रो भएको टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेका थियो ।

माघ ९ गतेदेखि सुरु हुने १६ औं संस्करणमा दुई विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । स्वदेशका १० तथा भारत र बंगलादेशका १/१ गरि १२ टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्लबका अध्यक्ष केशव थापाले दिएको जानकारी अनुसार प्रतियोगितामा भारतको युनाईटेड सिक्किम फुटवल क्लब, बंगलादेशको उत्तर बरिन्धरा क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, सिएमजी क्लब संकटा, रमपम झापा ११, धरान फुटवल क्लबले भाग लिनेछन् । त्यस्तै सुदूर पश्चिमाञ्चल ११, रुस्लान थ्री–स्टार क्लब, आयोजक सहारा तथा तीन विभागिय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफले प्रतिस्पर्धा गर्नेछन् ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ हुने प्रतियोगिताको बचत रहक क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका वालकहरुको भरणपोषर्णमा खर्च गर्दै आएको क्लबका थापाले बताए । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन् ।

यो वर्ष एक जना दर्शकले स्कुटर प्राप्त गर्नेछन् । चिठ्ठामार्फत विजेताको छनोट हुने दर्शकले सहारा हङकङबाट प्रायोजित स्कुटर पाउनेछन् । गत वर्ष भने दशर्कलाई सुनको सिक्री दिइएको थियो । अर्को एक दशर्कले चिठ्ठामार्फत एल.जी.टि.भी. प्राप्त गर्नेछन् । पोखरा रंगशालामा हुने आरा रारा गोल्डकपमा एक करोड २१ लाख ८२ हजार आम्दानी हुने तथा ९० लाख ५ हजार ५ सय रुपैयाँ खर्च हुने क्लबको रहेको क्लबका महासचिव विश्वराज बरालले बताए ।

पोखरा रंगशालालाई अन्तराष्ट्रिय स्तरको निमार्णको लागि हाल ग्लोवल टेण्डर आव्हान भई, पुरानो प्यारापिट भत्काउने कार्य भई रहेकोले क्लबले यस पाली कृतीम प्यारापिट (स्काई फोल्डिङ) निमार्ण गर्ने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ भने सहारा क्लव अष्ट्रेलिया दोश्रो पुरस्कार प्रायोजकको रुपमा रहेको छ । प्रतियोगितामा विभिन्न पाँच विधामा उत्कृष्ट हुने पुरस्कार प्रायोजकमा पृथ्वीराजमार्ग बस संचालक समिति रहेको छ ।

हिरो ड्यास स्कुटर सर्वोत्कृष्ट पुरस्कार प्रयोजक रहेको छ भने, अफिसियल स्र्पोट्स वयर पार्टनर एक्स टेप स्र्पोट वयर, लुम्विनि विकास बैंक अफिसियल बैंक , ईको पानी अफिसियल वाटर, अफिसियल एयर लाईन्स बुद्ध एयर, अफिसियल हस्पिटल गण्डकी मेडिकल कलेल (जि. एम. सी), होटल पोखरा गुडविल होटल पार्टनर, सनराईज ड्राईभिङ स्कुल प्रा. लि. सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजक रहेका छन् ।

एल. जी. टि. भी., समाजसेवी एवं कानुन व्यवसायी देव गुरुङ, प्रदेश नं. ४ का सभासद राजिव गुरुङ्गको सहयोगमा, नेपाल पर्यटन बोर्ड प्रर्वद्धक, पोखरा लेखनाथ महानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा–कास्की, सहारा यु.के., सहारा हङकङ वर्ड लिङ्गको बिशेष सहयोगको क्लबले जनाएको छ ।

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

February 5, 2025

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]

Success

Thank you for your time.