default_image

7 years ago

January 9, 2018

विश्वको सबै भन्दा धनी फुटबलर लेस्टरका खेलाडी बोलकिया

55 views

0 Bookmark

लन्डन (एजेन्सी) – सर्वाधिक कमाउने खेलाडीको सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम आउने गर्दछ । तर सम्पतिको आधारमा भने १९ वर्षीय लेस्टर सिटीका मिडफिल्डर फैक बोलकिया सम्भवतः विश्वका सर्वाधिक धनी फुटबल खेलाडी हुन् ।

faik

ब्रुनईका सुल्तानका भतिजा फैक बोलकिया

१९ वर्षीय बोलकिया ब्रुनई राष्ट्रिय टोलीका सदस्य तथा कप्तान हुन् । उनी ब्रुनईका सुल्तान हसनल बोलकियाका भतिजा हुन् । हसनलसँग कुल २० बिलियन अमेरिकी डलर बराबरको सम्पती रहेको छ । जहाँ रोनाल्डो र मेस्सीको सम्पतीको मुल्यांकन करिब ५ सय मिलियन डलरको हाराहारीमा गरिएको छ ।

फैकका पिता , सुल्तान हसनलका कान्छा भाइ जेफ्री बोलकियाका ब्रुनईको अर्थ मन्त्री तथा ब्रुनई इन्भेस्टमेन्ट एजेन्सीको अध्यक्ष समेत रहेका थिए । जेफ्रीसँग करिब २ बिलियन डलर बराबरको सम्पति रहेको छ ।

फैकका पिता विलासिता जीवन विताउँछन् । उनीसँग २ हजार भन्दा धेरै विलासी गाडी तथा विभिन्न देशमा बंग्लो रहेका छन् । उनको ५० औं जन्मदिनको पार्टीमा उनले पप गायनका राजा मानिने माइकल जेक्सनलाई १७ मिलियन अमेरिकी डलर खर्चिदै प्रदर्शन गर्न लगाएका थिए ।

फैक बोलकियाको फुटबल करियर 

११ वर्षको उमेरमा साउथह्याम्प्टनको युथ एकेडेमीबाट फुटबल सुरु गरेका बोलकियाले करिब २ वर्ष त्यस एकेडेमीमा विताउँदा पनि व्यावसायिक सम्झौता भने पाएनन । त्यसपछि रिडिङ एफसी र आर्सनलको एकेडेमीबाट प्रशिक्षण गरेका बोलकिया चेल्सीसँग २ वर्षको सम्झौतामा आबद्ध भए । चेल्सीसँगको सम्झौतामा केहि समय बाँकी हुँदै उनले पछि लेस्टरसँग तीन वर्षको सम्झौता गरे । उनी हाल लेस्टरको रिजर्भ टोलीबाट खेल्दै छन् र प्रिमियर लिग डेब्युको प्रतिक्षामा छन् ।

अमेरिकामा जन्मिएका बोलकिया अमेरिका र ब्रुनईको राष्ट्रिय टोली दुवैबाट खेल्न योग्य रहेपनि उनले ब्रुनई नै रोजे । १९ वर्षको उमेरमा उनले ब्रुनईको राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पनि पाएका छन् ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.