default_image

7 years ago

January 8, 2018

अनिल लुम्बिनी एकेडमीको ‘स्पोर्टस एम्बेसडर’

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङलाई चाबहिलको लुम्बिनी एकेडेमीले आफ्नो स्पोर्टस एम्बेसडर नियुक्त गरेको छ । अनिल र एकेडेमीका प्रबन्ध निर्देशक रविन चन्द्र कोइरालाले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता एक वर्षको रहेको अनिलले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । एकेडेमीसँग वर्षको ३ लाख रुपैयाँमा सम्झौता भएको अनिलले बताए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान समेत रहेका अनिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि अझै आफुलाई फुटबल मार्फत स्पोर्टस एम्बेसडर नियुक्त गरेकामा खुसी व्यक्त गरे ।

‘अझै म मा केही छ भन्ने महसुस गरेको छु’, उनले भने, ‘मेरो खेल जीवनलाई हेरेर नयाँ पुस्ताका भाईबहिनीहरु प्रेरित हुन्छन् भन्ने त्यो मेरो लागि खुसीको कुरा हो ।’ एकेडेमीको खेलकुद गतिविधिमा एक वर्षसम्म सहभागी हुनेछन् । झन्डै दुई महिना अघि फिलिपिन्ससँगको खेलसँगै अनिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

फिलिपिन्ससँगको खेल उनको खेल जीवनको ५० औं अन्तर्राष्ट्रिय खेल पनि थियो । घरेलु फुटबलमा भने उनले अझै केही वर्ष सक्रिय रहने बताएका छन् । उनको कप्तानीमा मनाङले धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा भाग लिदैछ ।

साविक विजेता समेत रहेको अनिलको टोलीले पुस २८ मा पहिलो खेल खेल्नेछ । मनाङ टोली भोली धनगढीतर्फ लाग्ने पनि अनिलले जानकारी दिए । एकेडेमीले त्यसअघि राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी तथा पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र अश्मि श्रेष्ठलाई पनि एम्बेसडर नियुक्त गरेको अनिलले जानकारी दिए ।

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

February 5, 2025

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]

Success

Thank you for your time.