default_image

7 years ago

January 8, 2018

पुनरागमन खेलमा थ्री स्टार झापासँग भिड्दै

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको सफल र चर्चित क्लब रुस्लान थ्री स्टार क्लबले करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ ।


पुनरागमनको पहिलो खेलमा थ्री स्टारले मोफसलको सफल टोली झापा–११ सँग धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा प्रतिस्पर्धा गर्दैछ । खप्तड गोल्ड कपको लागि थ्री स्टार गत बिहिबार नै धनगढी प्रस्थान गरेको थियो ।

खप्तडको तयारीका लागि थ्री स्टारले मंसिर अन्तिम साताबाट प्रशिक्षण थालेको थियो । थ्री स्टारले आफ्नो केही पुराना खेलाडीलाई यथावत राख्दै राष्ट्रिय टोलीका स्टार विमल घर्तीमगर र अनन्त तामाङलाई पनि क्लबमा अनुबन्ध गरेको छ । अनुभवी र केही नयाँ खेलाडी लिएर टिम निर्माण गरेको थ्री स्टार आफ्नो पुरानो छवि फर्काउने लक्ष्यसहित मैदान उत्रनेछ ।

थ्री स्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताको बिदाईमा टिम सन्तुलित रहेको बताए । ‘यो भन्दा अघि थ्री स्टार कस्तो थियो सबैलाई थाहा छ । भोलिको दिनमा पनि थ्री स्टार उत्तिकै सशक्त भएर आउनेछ ।’ प्रशिक्षक केसीले भने, ‘क्लबको एक वचनमा पुराना खेलाडीहरु टिममा फर्केका छन् । यो खेलाडीको क्लबप्रतिको समर्पण हो । यसबाहेक यू–१९ का केही र तीन विदेशी खेलाडी हामीसँग छ । हामी समर्थकलाई निराश नपार्ने र बलियो चुनौति दिने गरि तयारी अघि बढाउने प्रयासमा छौं ।’

थ्री स्टारका कप्तान विक्रम लामाले पनि बिदाई कार्यक्रममा थ्री स्टार फुटबलमा फर्किँदा उत्साहित रहेको बताए । ‘यो १४ महिनाको बीचमा हामीले अलग-अलग क्लबबाट खेल्यौं । सबै आर्थिक तवरबाट खेल्यौँ । आफ्नै क्लबबाट खेलेको जस्तो कहिल्यै भएन । यसरी डुलेर खेलेर आत्मसन्तुष्टी पाउन नसकिने रहेछ ।’

कप्तान विक्रमले भने, ‘अब फेरि हामी आफ्नो क्लबबाट खेल्दैछौं । सफल इतिहास भएको क्लबको प्रतिष्ठालाई अझै बढाउने हाम्रो प्रयास हुनेछ ।’ यस्तै कप्तान विक्रमले खेल्ने वातावरण सिर्जना गरिदिएकोमा क्लबप्रति आभार व्यक्त गर्दै अब खेल, क्लब र सम्पूर्ण फुटलबकको लागि हुने बताए ।
थ्री स्टारमा कप्तान विक्रम लामासहित निराजन खड्का, गोलकिपर एलन न्यौपाने, विजय धिमाल, रेजिन धिमाल, विदेशी खेलाडी पिटर, मार्टिन र लावल जस्ता खेलाडी रहेका छन् । राष्ट्रिय टोलीका दुई स्टार विमल घर्ती मगर र अनन्त तामाङलार्ई पनि थ्री स्टारले ६ महिनाको सम्झौता गरेको छ । विमलले यसअघि थ्री स्टारबाट खेलसिकेका छन् भने, अनन्त तामाङ, विश्वास श्रेष्ठ, पूर्ण चेम्जोङले थ्रीस्टारबाट डेब्यु गर्नेछन् ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.