default_image

7 years ago

January 7, 2018

रोनाल्डोको सम्झौता सुधारमा रियलको संकोच

40 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– बलोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँग सम्झौतामा नयाँ सुधारका विषयमा ला लिगा महारथी रियल म्याड्रिड अझै निश्चित हुन सकेको छैन । गत वर्षको जनवरीदेखि नै रोनाल्डो भने क्लबसँगको सम्झौतामा सुधार चाहि रहेका छन् ।

स्पेनिस पत्रिका मार्साका अनुसार सन् २०१७ मा थ्रुपै व्यक्तिगत अवार्ड जितेसँगै रोनाल्डो विश्वको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बन्न चाहन्थे । रियलले पनि रोनाल्डोलाई खरिद गर्ने क्षमता राख्ने पिएसजी र म्यानचेस्टर सिटीसँग छलफल चलाएको थियो । तर, ती क्लबले भने पछिल्लो समय खासै चासो देखाएका छैनन् ।

यसअघि दुई पटक रियलले रोनाल्डोसँगको सम्झौता सुधार गरेको थियो । गेराथ बेलको आगमनमा रोनाल्डो खुसी नभएका कारण एकपटक र अर्को पटक १४ महिनाअघि २० मिलियन युरोमा सन् २०२१ सम्म नयाँ सम्झौता सुधार गरिएको हो ।

सम्झौतामा सुधारका लागि अहिले भने क्लब खासै उत्साहित देखिएको छैन । त्यसको अर्को कारण रोनाल्डो तथा रियलले यो सिजन उच्च प्रदर्शन गर्न सकेका छैनन् । मार्साका अनुसार पोर्चुगलका उनका सहकर्मी पेपे र फाबियो कोन्ट्राउ साथै कोलम्बियाका स्टार हामेस रोड्रिगेज बाहिरिएपछि ड्रेसिङ रुममा रोनाल्डोको हैसियत टोलीका अन्य खेलाडीकै सरह भएको छ ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.