default_image

7 years ago

January 7, 2018

संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

38 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा धनगढीमा जारी दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा आइतबार भएको प्रतिस्पार्धात्मक खेलमा धरान फुटबल क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै संकटा अन्तिम आठमा पुग्न सफल भएको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सजिन थापा र अभिषेक रिजालले गोल गरे । सुशिल लामा र भुषण सुब्बाको प्रहारले भने गोलको दिशा लिन सकेन ।

धरानका वर्तमान राई, रोमन लिम्बु, सुरज विके र प्रकाश बुढाथोकीले गोल गर्दा सौजन राई, सुवोध शाही र रोशन खड्काले भने पेनाल्टीबाट गोल गर्न सकेनन् । रोमाञ्चक पेनाल्टीमा धरानका वर्तमान राईले गोल गर्दा संकटाका अनिल गुरुङले गोल गरे । त्यस्तै सौजन राईले गोल गर्न नसक्दा संकटाका सुशिल लामाले पनि चुके ।

धरानका सुवोध राईले गोल गर्न सकेनन् र संकटाका विश्व अधिकारी र सरोज दाहालले लगातार गोल गर्दा खेल संकटाको पक्षमा ढल्किएको थियो । तर, संकटाका भुषण सुब्बाले निर्णायक पेनाल्टीमा चुक्दा खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथको अन्तिम प्रहारमा रोशन खड्का चुकेपछी संकटाले ५–४ ले बाजी मार्‍यो ।

त्यसअघि निर्धारित समयमा धरानका प्रकाश बुढाथोकीले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । संकटाका गोलरक्षक विनय श्रेष्ठ खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए र उनले १० हजार रुपैया प्राप्त गरे । जितसँगै संकटाले अब सेमिफाइनल प्रवेशको लागि नेपाल एपीएफल क्लबको सामना गर्नेछ । एपीएफले शनिबार सहारा क्लब पोखरालाई पेनाल्टी सुटआउटमा ५–४ ले नै पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत सोमबार समूह ‘बी’ मा रुस्लान थ्री स्टार क्लब र झापा–११ बीच खेल हुनेछ ।

११ दिनसम्म खप्तडमा चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौं, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् । रुस्लान थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’ मा छन् ।

प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.