default_image

7 years ago

January 8, 2018

कौटिन्हो विनाको लिभरपुल

43 views

0 Bookmark

दिपेन्द्र पोखरेल

काठमाडौं – पछिल्ला दुई वटा ट्रान्सफर विन्डोको चर्चाको शिखरमा रहेका ब्राजिलियन फिलिपे कौटिन्हो अन्ततः स्पेनिस महारथी बार्सिलोना पुगेका छन् । १ सय ४२ मिलियन पाउण्डमा इङ्लिस ट्रान्सफरको कीर्तिमानी रकममा लिभरपुलले बार्सिलोनालाई आफ्नो स्टार खेलाडी बेच्न बाध्य भएको छ ।

 

इन्टर मिलानबाट सन् २०१३ मा प्रिमियर लिग क्लब लिभरपुलसँग आबद्ध कौटिन्हो त्यसयता समर्थकहरुको प्रिय खेलाडी रहँदै आएका थिए । साउथह्याम्प्टनका डिफेन्डर भर्जिल भ्यान डाइकलाई कीर्तिमानी रकममा लिभरपुलमा आबद्ध गरेयताको पहिलो खेलमा नै भ्यान डाइकले विजयी गोल गरेको खुसी मनाउँदै गरेका लिभरपुल समर्थकलाई जनवरी ट्रान्सफरको सुरुआतमा कौटिन्होले क्लब छाड्ने पक्का खबरले स्तब्ध बनाएको छ ।

‘कौटिन्होको बार्सिलोना जाने चाहाना कुनै गोप्य खबर हैन । गत जुलाईमा पहिलो पटक बार्सिलोनाले उनीमाथि चासो देखाउँदाबाट नै उनले पनि बार्सिलोना जाने चाहेको हामीलाई बताएका थिए ‘, लिभरपुलका प्रशिक्षक यार्गन क्लपले क्लबको आधिकारिक वेभसाइटलाई भने, ‘समर ट्रान्सफरमा नै बार्सिलोनाले उनलाई खरिद गर्ने बलियो प्रयास गरेपनि हामीले उनलाई लिभरपुलमा रोक्ने सक्दो प्रयास गरेका थियौं । तर अब हामीले कौटिन्हो विनाको लिभरपुलको तयारी गर्नुपर्नेछ ।’

‘बार्सिलोना , रियल म्याड्रिड र बायर्न म्युनिख जस्ता अन्य क्लबमा जाउ , तिमि अर्को साधारण खेलाडी बन्नेछौ तर लिभरपुलमा बस , समर्थकले तिम्रो शालिक बनाउनेछन ‘, २०१७ को मे महिनामा कौटिन्होले इएसपिएनलाई बताएका थिए । त्यसैले पनि कौटिन्होले लिभरपुल छाड्दैनन् भन्नेमा धेरै समर्थक विश्वस्त थिए । तर उनको समर विन्डोको व्यवहारले उनको चाहाना अरुनै रहेको जनवरी विन्डोले छर्लङ पारेको छ ।

लिभरपुलमा आबद्ध भएयता कौटिन्होको खेलमा निरन्तर विकास भयो । जनवरी २०१३ मा लिभरपुलको खेलाडी भएपछि १३ खेलमा ३ गोल गरेका उनले अर्को सिजन ५, त्यसपछि ८ , १२ र १४ गोल गर्दै हरेक सिजन आँकडा सुधारे । यो सिजनमा अहिलेसम्म उनले लिभरपुलबाट १२ गोल गरिसकेका छन् । लिभरपुलमा उनले आफुलाई सबै भन्दा प्रभावशाली खेलाडीको रुपमा स्थापित गरे । २० वर्षे उमेरमा प्रतिभाशाली तर आफुलाई प्रमाणित गर्न बाँकी रहेको खेलाडीको रुपमा प्रिमियर लिग भित्रिएका कौटिन्होले सुपरस्टारको रुपमा प्रिमियर लिग छाडेका छन् ।

 

उनले ११ फेब्रुअरी २०१३ मा स्टेवार्ट डावनिंगको स्थानमा मैदान प्रवेश गर्दै पहिलो पटक लिभरपुलबाट खेलेका थिए ।

उनले ११ फेब्रुअरी २०१३ मा स्टेवार्ट डावनिङको स्थानमा मैदान प्रवेश गर्दै पहिलो पटक लिभरपुलबाट खेलेका थिए ।प्रिमियर लिगमा रहेको अवधिमा कुनै खेलाडीले पेनाल्टी बक्स बाहिरबाट उनले जति गोल गरेका छैनन् । प्रिमियर लिगमा उनले गरेको ४१ मध्ये १९ गोल पेनाल्टी बक्स बाहिरबाट रह्यो । तर गोल गर्नु मात्र उनको योगदान थिएन ।

लिभरपुलमा उनको आगमन पछि अहिलेसम्मको आँकडा हेर्दा उनले गरे जति असिस्ट , ड्रिबल र गोल गर्ने मौका सिर्जना लिभरपुलका अन्य खेलाडीले गरेका छैनन् । भविष्यको अनिश्चितता बाबजुत पनि सिजनको पहिलो सत्रमा उनी उत्कृष्ट रहे । उनले औसतमा हरेक ७५ मिनेटमा लिभरपुलका लागि गोल या असिस्ट गरेका छन् । त्यसैले पनि कौटिन्हो लिभरपुलका लागि महत्वपूर्ण सम्पत्ति रहँदै आएका थिए ।

कौटिन्हो प्रशिक्षक क्लपको पनि प्रिय खेलाडी थिए । कौटिन्हो जाने पक्का भएपछिको प्रशिक्षकको प्रतिवेदनमा क्लपको निराशा झल्किएको थियो । उनले ‘भारि हृदय’ जस्ता शब्द प्रयोग गरेका थिए । तर ठूलो लक्ष्य बोकेको क्लबले यस्तो परिस्थितिबाट माथि उठ्न सक्नु पर्ने पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । क्लपको प्रतिवेदनमा लेखिएको छ , ‘खेलाडी आउँछन् र जान्छन् , यो नै फुटबल हो । तर क्लबले भने यस्तो परिस्थितिको सामना गर्न सक्नु पर्दछ । हामीले महत्वपूर्ण खेलाडी गुमाएपनि हाम्रो क्षमता प्रयोग गर्दै हामी अघि बढ्नेछौं ।’

त्यस्तै यस सिजन पनि लिभरपुलले कौटिन्होको अनुपस्थितिको सामना नगरेको हैन । यो सिजनमा कौटिन्हो विना लिभरपुलले १४ खेल खेल्यो , जसमध्ये १० मा जित र ३ मा बराबरी नतिजा निकाल्यो । कौटिन्होको उपस्थितिमा भने लिभरपुलले १८ खेलमा ८ मा जित हात पारेको छ । त्यसैले लिभरपुलले आफ्नो स्टार खेलाडीको अभावमा पनि अनुकुल नतिजा निकाल्ने क्षमता बोकेको छ ।

फर्नान्डो टोरेस , लुइस सुवारेज , ड्यानियल एगर , पेपे रैना , मार्टिन स्कर्टेल , डर्क क्युट र स्टेभन जेरार्ड जस्ता लामो समय लिभरपुलमा समर्पित गरेका प्रतिभामय खेलाडीलाई गुमाएको लिभरपुल कौटिन्हो पछि पनि सेट हुनेछ । करिब ८.५ मिलियनमा लिभरपुल भित्रिएका कौटिन्हो १ सय ४२ मिलियनमा बिक्री हुँदाको फाइदाको केहि भाग लगानी गर्दै लिभरपुलले अवश्य पनि कौटिन्होले बनाएको खाली ठाँउलाई भर्ने अपेक्षा गर्न सकिन्छ ।

स्काई स्पोट्र्समा प्रकाशित लेखको सहयोगमा

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.