7 years ago
January 6, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेको म्यानचेस्टर सिटी आज इङ्ग्लिस एफए कपमा बर्नलीको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार बेलुकाको ८.४५ बजे सुरु हुने छ ।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना केहि महत्त्वपूर्ण खेलाडिहरुलाई विश्राम दिने देखिन्छ । त्यसैले सिटीको सुरुवाती ११ मा केहि नयाँ नाम पनि देखिने सम्भावना छ । गोलकिपर क्लाउडियो ब्राभो, युवा खेलाडी ब्राहिम डियाज र मिडफिल्डर याया टुरेले आज टोलीमा स्थान बनाउने देखिन्छ ।
त्यस्तै बर्नलीका लागि रोबि ब्राडि र टम हिटन घाइते छन् भने क्रिस वुड र स्टेफेन वार्ड खेल्ने अनिश्चित छ । सिटीले बर्नलीसँगका पछिल्ला ३ खेलमा सबैमा जित हांसिल गरेको छ ।
आजका एफए कपका महत्त्वपूर्ण खेलहरु:
फ्लिटवुड विरुद्ध लेस्टर सिटी – ६.३० बजे
मिडल्सब्रो विरुद्ध सन्डरल्यान्ड – ६.४५ बजे
वाटफोर्ड विरुद्ध ब्रिस्टोल – ८.४५ बजे
कोभेन्ट्रि विरुद्ध स्टोक – ८.४५ बजे
बोल्टन विरुद्ध हडर्सफिल्ड – ८.४५ बजे
न्युकासल युनाइटेड विरुद्ध लुटन – ८.४५ बजे
बोर्नमथ विरुद्ध विगन – ८.४५ बजे
वुल्भरह्याम्प्टन विरुद्ध स्वान्सि – ८.४५ बजे
नर्विच विरुद्ध चेल्सी – ११.१५ बजे
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]