7 years ago
January 6, 2018
लन्डन (एजेन्सी) – चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा पहिलो खेलाडीको रुपमा एभर्टनबाट रोस बार्क्लीलाई अनुबन्ध गरेको छ । २४ वर्षीय इङ्लिस् मिडफिल्डरका लागि चेल्सीले १५ मिलियन पाउन्ड खर्चिएको हो ।
एभर्टनसँगको सम्झौतामा ६ महिना मात्र बाँकी रहेको बार्क्लीले चेल्सीसँग आबद्ध हुन पाउँदा खुशी रहेको बताए, ‘चेल्सी जस्तो क्लबबाट नयाँ सुरुआत गर्न पाउँदा म धेरै उत्साहित छु । ‘ ह्यामस्ट्रिंगमा चोटका कारण यो सिजनमा बार्क्लीले कुनै खेल खेलेका छैनन् ।
चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले बार्क्लीलाई पूर्ण खेलाडीको दर्जा दिएका छन् , ‘बार्क्लीसँग स्टामिना, स्त्रेन्थ र स्किल सबै छ, उनी पूर्ण खेलाडी हुन् । त्यसको साथ साथै उनी युवा खेलाडी हुन् र अझै धेरै खेल्न बाँकी छ ।’
चेल्सीले बार्क्लीलाई ७ वर्ष पहिले देखि पछ्याए पनि उनलाई १७ वर्षको उमेरमा खरिद गर्ने प्रयासमा भने विफल भएको थियो । त्यसपछि यसै समर विन्डोमा पनि बार्क्लीलाई खरिद गर्ने प्रयासमा चेल्सी असफल भएको थियो ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]