7 years ago
January 5, 2018
म्यानचेस्टर (एजेन्सी) – इङ्ग्लिस एफए कपमा आज म्यानचेस्टर युनाइटेडले डर्बीको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ ।
म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकु फिट हुँदै खेलमा सहभागी हुने छन् भने मरोएने फेलाइनी र माइकल क्यारिक पनि चोटबाट फर्किँदै छन् । आज युनाइटेडका प्रशिक्षक होसे मौरिन्होले आफ्ना केहि महत्त्वपूर्ण खेलाडिलाई भने विश्राम दिने देखिन्छ ।
त्यस्तै डर्बीका लागि जो लेड्ली फिट नरहेकाले खेल्ने निश्चित छैन भने पूर्व युनाइटेड खेलाडि टम लरेन्सले पनि भ्रमणकारी टोलीका लागि सुरुवाति ११ मा स्थान बनाउने देखिन्छ ।
त्यस्तै आजको एफए कपको अर्को खेलमा लिभरपुल एभर्टनसँग भिड्दै छ । लिभरपुलका लागि मोहम्मद सालाह र साडियो माने खेलमा सहभागि नहुने सम्भावना रहेको छ भने एभर्टनका लागि डोमिनिक काल्भर्ट-लुइन र गिल्फि सिगर्डसन सुरुवाती ११ म फर्किने देखिन्छ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]