7 years ago
January 6, 2018
पेरिस (एजेन्सी) – ब्राजिलियन फुटबलका महान खेलाडी रिभाल्डोले पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमारलाई विश्वको उत्कृष्ट खेलाडी बन्न च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो र उनको टोली रियल म्याड्रिडलाई हराउनु पर्ने बताएका छन् ।
बार्सिलोनामा ५ वर्ष बिताएका रिभाल्डोले नेयमारले आफुलाई विश्वको उत्कृष्ट खेलाडी प्रमाणित गर्न बार्सिलोना छाडेको धारणा राखेका छन् ।
‘नेयमारले जति राम्रो खेलेपनि बार्सिलोनामा उनी लियोनल मेस्सीको छायाँमा परेका थिए’, उनले भने, ‘मेस्सी उत्कृष्ट खेलाडी हुन् । नेयमारले अझ धेरै समय खेल्न बाँकी छ । उनले आफुलाई विश्वको उत्कृष्ट खेलाडी प्रमाणित गर्न बार्सिलोना छाडेका हुन् ।’
रिभाल्डोले थपे, यदि उनलाई विश्वको उत्कृष्ट खेलाडी बन्नु छ भने रोनाल्डो सम्मिलित रियललाई च्याम्पियन्स लिगमा हराउन जरुरी छ । पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलको सामना गर्दैछ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]