default_image

7 years ago

January 5, 2018

मेस्सीले सित्तैमा बार्सिलोना छाड्न पाउने शर्त

36 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको सम्झौतामा सित्तैमा बार्सिलोनाबाट अन्य क्लब जानसक्ने शर्त राखेको खुलासा स्पेनिस पत्रिका एल मुन्डोले सार्वजनिक गरेको छ ।

स्पेनबाट स्वतंत्रता पाउँदै काटालोनिया छुटिएमा बार्सिलोना ला लिगाबाट बाहिरिनु पर्ने सम्भावना हुनेछ । यस्तो भएमा परेमा मेस्सी फ्री एजेन्टका रुपमा अन्य क्लब जानपाउने शर्त उनको सम्झौतामा रहेको एल मुन्डोले जनाएको हो । बार्सिलोना ला लिगाबाट भिन्न भएर युरोपको शिर्ष ५ लिगमा समावेश नभएमा मेस्सीको बार्सिलोनासँगको सम्झौता रद्द हुनेछ ।

हाल मेस्सी २०२०-२१ को सिजन सम्म बार्सिलोनासँग आबद्ध छन् र उनको रिलिज क्लज ७ सय मिलियन युरो तोकिएको छ । कुनै पनि क्लबले उनलाई अनुबन्ध गर्न ७ सय मिलियन तिर्नु पर्ने हुनेछ । तर बार्सिलोना ला लिगाबाट छुटिएर युरोपको शिर्ष ५ लिगमा नरहे मेस्सी सित्तैमा अर्को क्लब जान पाउनेछन ।

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.