7 years ago
January 5, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाली घरेलु फुटबलमा सबैभन्दा बढी राशी भएको प्रतियोगिता नेपाल आइस खप्तड गोल्डकप आजबाट शुरु हुँदै छ । आजको उद्घाटन खेलमा सुदुरपश्चिम ११ च्यासलको सामना गर्दै छ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा उम्मेद्वार डाक्टर आरजु राणा देउवाद्वारा गरिने छ । औपचारिक उद्घाटनलगत्तै पहिलो खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लब काठमाडौंको ए डिभिजन क्लब च्यासल युथ क्लबसँग भिड्ने छ ।
मैदान अन्तर्राष्ट्रिय स्तरको बनाइएको आयोजक क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए । त्यस्तै दुईवटा कृत्रिम प्याराफिट पहिले नै रहेको अवस्थामा अहिले १५ सय दर्शक क्षमाताको नयाँ प्याराफिट पनि बनाइएको छ र दर्शकले सो प्याराफिटमा बसेर मजासँग खेलको आनन्द लिन सक्ने आयोजक क्लबका महासचिव प्रकाश शाहीले बताए ।
११ दिनसम्म खप्तडमा चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौ, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् । थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’मा छन् ।
प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् । त्यस्तै टिकट काटेर खेल हेर्न आएका दर्शकहरुमध्ये गोलाप्रथामार्फत हरेक दिन मोबाइल उपहार पनि रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आइस ब्राण्ड रहेको छ भने सह प्रायोजक नेपाल टेलिकम र जगदम्बा पाइप रहेको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]