7 years ago
January 4, 2018
म्युनिख (एजेन्सी)– बायर्न म्युनिखका स्टार हामेस रोड्रिगेजले आफु नयाँ क्लबमा एकदमै खुसी रहेकोले अझै लामो समय क्लबमा रहन चाहेको बताएका छन् । रियल मड्रिडबाट बायर्न पुगेका हामेस सन् २०१९ को समर सम्म लोनमा रहेका छन् ।
यद्दपी कति समय बायर्नमा रहन्छन् भन्ने प्रष्ट जवाफ भने उनले दिएनन् । ‘म अहिले यहि छु । मेरो वर्तमान यहि छ र म धेरै खुसी छु’, कोलम्बियन सुपर स्टार हामेसले भने, ‘म यो बाहेक अरु विषयमा अहिले सोच्न चाहन्न ।’ यी प्रभावशाली मिडफिल्ड खेलाडीलिाई लोनको समाप्तीपछि पूर्ण रुपमा आफ्नो खेलाडी बनाउने विकल्प बायर्नसँग रहेको छ ।
हामेसले पनि पछिल्ला केहि सातायता जर्मनीमा खेल जीवनलाई अघि बढाउन चाहेको बताउँदै आएका छन् । कतारमा बायर्नको प्रशिक्षणका दौरान हामेसले भनेका थिए, ‘बुन्डेसिलिगाका रंगशाला मलाई मन पर्छन् । किनकी त्यहाँ सधै भरिभराउ हुन्छ । त्यहाँ बलिया टोलीविरुद्ध खेल्न पाइन्छ । यो शीर्षस्तरको लिग हो ।’
उनले बायर्न र यो सिजनको बाँकी समयका बारेमा पनि खुलेर बोलेका छन् । ‘टोलीसँग मेरो एकदमै राम्रो भावनात्मक सम्बन्ध छ,’ उनले भने, ‘मलाई लाग्छ सिजनको दोस्रो सत्र पनि राम्रो हुनेछ । म यो टोलीबाट धेरै उपलब्धी प्राप्त गर्न चाहन्छु ।’ छिट्टै जर्मन फुटबलमा भिज्न सफल भएका हामेसले बुन्डेसलिगामा २ गोल गर्नुका साथै ३ गोलमा असिस्ट गरेका छन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]