default_image

7 years ago

January 4, 2018

‘केन रियल म्याड्रिडबाट खेल्न योग्य छन् ‘ – अगुएरो

45 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले ह्यारी केन रियल म्याड्रिडबाट खेल्न योग्य रहेको बताएका छन् । स्पेनिस रेडियो खाडेना सेरसँगको अन्तवार्तामा अगुएरोले टोटेनह्यामका स्ट्राइकर प्रशंसा गर्दै रियलको स्तरमा केनले खेल्न क्षमता राख्ने बताएका हुन् ।

kane aguero

हाल केन र रियलडबीच सम्भावित सम्झौताका चर्चाका विषयमा अगुएरोले भने , ‘केन जतिको स्तर भएको खेलाडीले रियलबाट खेल्न सक्छन् । उनको अहिलेको स्तरमा उनले रियल जस्तो महत्वपूर्ण क्लबबाट खेल्ने क्षमता राख्छन् ।’

सिटीमा आफ्नो भविष्य बारेमा भने अगुएरोले अनभिज्ञता प्रकट गरे । ‘म सिजनको अन्त्यसम्म राम्रो प्रदर्शन गर्न चाहन्छु । अहिले खेलमा मात्र ध्यान दिन चाहन्छु ‘, उनले भने, ‘क्लब परिवर्तन गर्ने पक्षमा छैन, किनकी म खुसी छु । तर मेरो इच्छा बाहेक क्लबको चाहानामा पनि मेरो भविष्य निर्भर गर्छ , त्यसैले म अहिले निश्चित छैन ।’

अगुएरो प्रिमियर लिग भन्दा च्याम्पियन्स लिग जित्ने चाहाना रहेको बताए । ‘मलाई प्रिमियर लिग भन्दा च्याम्पियन्स लिग जित्न रहर छ’ , उनले थपे, ‘किनकी हामीले अहिलेसम्म जित्न नसकेको च्याम्पियन्स लिग हो ।’

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.