default_image

7 years ago

January 4, 2018

खप्तड गोल्डकपका लागि थ्री स्टार सुदूरपश्चिम जाँदै

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताका लागि थ्री स्टार सुदूरपश्चिम प्रस्थान गरेको छ । आज राजाधानीमा आयोजित एक कार्यकमका बीच टोलीलाई क्लबका पदाधिकारीले विदाई गरे ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट धनगढीमा सुरु हुने प्रतियोगितामा थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको पहिलो खेलमा थ्री स्टारले झापाको सामना गर्ने छ ।

११ दिनसम्म खप्तडमा चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौ, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् । थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’मा छन् ।

उद्घाटन खेल पुस २१ गते आयोजक र काठमाण्डौको ए डिभिजन टोली च्यासल युथ क्लबबीच हुनेछ । प्रतियोगितामा च्यासलले पहिलोपटक ‘ए’ डिभिजन खेल्न लागेको हो । समुह ‘ए’ बाट आयोजक र च्यासल तथा समूह ‘बी’ बाट मनाङ र आर्मीले वाइ पाएर सोझै क्वार्टरफाइनल खेल्दैछन् ।

गत वर्ष छनोट चरण पार गरेपछि एन्फाको कमजोरीका कारण एएफसी खेल्न नपाएपछि थ्री स्टारले एन्फाका सबै कार्यक्रम बहिष्कार गर्दै आएको थियो । सुरुमा ६ करोड क्षतिपूर्ति मागेको थ्री स्टारले १ करोड ५० लाख रुपैयाँ एन्फाले क्षतिपूर्ति दिने विषयमा सहभागित गरेपछि फुटबलमा फर्कन लागेको हो ।

खप्तडको तयारीका लागि थ्री स्टारले गत महिनाको अन्त्यबाट तयारी थालेको थियो । थ्री स्टारले राष्ट्रिय टोलीका स्टार विमल घर्तीमगर र अनन्त तामाङलाई पनि यसबीचमा भित्राएको छ । प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् ।

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

Success

Thank you for your time.