default_image

7 years ago

January 4, 2018

रोहित पुनः पर्सिजा जाकार्तामा आबद्ध

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्ड रोहित चन्द पुनःले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका छन् । एक वर्ष (सन् २०१८) का लागि रोहित र क्लबबीच आज मात्र सम्झौता भएको उनका दाजु रोविनले जानकारी दिएका छन् । सौम्झौताका लागि रोहित यहि साता इन्डोनेसिया पुगेका थिए । चोटमुक्त भएर लामो समयपछि गत वर्ष मैदान फर्केको केहि समयमै रोहिच इन्डोनेसियाको पहिलो श्रेणीको क्लब पर्सिजा पुगेका थिए ।

 

गत सिजन उनले उच्च प्रदर्शन गरेकी कारण यसपटक पनि निरन्तरता दिएको बताइएको छ । यसअघि दुई सिजन रोहितले सोहि क्लबमा बिताइसकका छन् । अघिल्लो वर्ष जस्तै रोहितको सम्झौता रकम अहिले पनि गोप्य राखिएको छ । सन् २०१६ को सुरुवातमा मलेसियाको टि टिम एफसीमा हुँदा घाइते भएपछि रोहित झन्डै एक वर्ष मैदान बाहिर रहेका थिए ।

गत वर्ष माघमा पोखरामा भएको आहा रारा गोल्ड कपमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबाट पुनरागमन गरेका थिए । त्यसको केहि समयपछि नै उनी जाकार्ता पुगेका थिए । अर्को तिर लगत्तै उनले राष्ट्रिय फुटबल टोलीमा पनि पुनरागमन गरेका थिए ।

गत सिजन इन्डोनेसिया लिगको चौथो स्थानमा रहेको पर्सिजाले यो सिजनको एएफसी कपको समूह चरणमा सोझै प्रवेश पाएको छ । त्यहाँको लिग विजेता भयंकाराले एएफसीको क्लब लाइसेन्स प्राप्त नगरेपछि पर्सिजाका लागि अवसर मिलेको हो ।

जाकार्ताबाट खेल्दा गत सिजन रोहितको प्रदर्शन स्तरीय रहेको थियो । उनी त्यहाँको लिगको पटक पटक साताको उत्कृष्ट खेलाडीको सुचिमा समेत परेका थिए । पछिल्लो पटक लिगमा टोलीको एक खेल बाँकी रहँदै नेपाली टोलीको खेल परेका कारण रोहित स्वदेश फर्केका थिए ।

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

Success

Thank you for your time.