default_image

7 years ago

January 4, 2018

सिटी आर्थिक रूपमा सबैभन्दा बलियो क्लब , रियल र बार्सिलोना शीर्ष ५ मा पनि परेनन्

87 views

0 Bookmark

लन्डन (एजेन्सी)– सकरेक्स फुटबल फाइनान्स १०० ले सार्वजनिक गरेको अध्ययन अनुसार इङ्लिस क्लब म्यानचेस्टर सिटी आर्थिक रूपमा सबैभन्दा बलियो क्लब रहेको देखाएको छ । आर्थिक शक्तिलाई मध्यनजर गर्दै फुटबल नेटवर्किंङ संस्था सकरेक्सले सिटीलाई आर्थिक रुपमा विश्वको शक्तिशाली क्लब ठहर गरेको छ ।

classico

क्लबका खेलाडी, सम्पत्ति, आरक्षित नगद, मालिकहरुले थप लगानी गर्न सक्ने क्षमता र कुल ऋणलाई ध्यान दिँदै सकरेक्सले उक्त सुची तयार पारेको हो । सुचीमा अबुधाबी युनाइटेड ग्रुपले थप लगानी गर्न सक्ने क्षमताका कारण सिटी पहिलो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै दोस्रो स्थानमा प्रिमियर लिगको अर्को क्लब क्लब आर्सनल छ । ट्रान्सफर विन्डोमा उचित मुनाफा गर्दै आएको कारण आर्सनल अन्य थुप्रै शक्तिशाली क्लब भन्दा माथि रहेको हो । त्यस्तै तेस्रो स्थानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र चौथोमा चिनिया क्लब गुन्जाओ एभरग्रिनेड रहेको छ ।

पाँचौ स्थानमा टोटेनह्याम, छैटौमा रियल म्याड्रिड र सातौमा म्यानचेस्टर युनाइटेड रहेको छ । युनाइटेडको ऋणका कारण टोटेन्ह्याम भन्दा पछि परेको रिपोर्टमा बताइएको छ ।आठौ स्थानमा इटालियन क्लब युभेन्टस छ ।

त्यस्तै मालिक रोमन अब्रामोबिचले ऋणमार्फत लगानी गरेको भनिएका कारण चेल्सी नवौं स्थानमा रहेको हो । बायर्न म्युनिख दशौँ स्थानमा छ । त्यो सुचिमा बार्सिलोना १३ औं स्थानमा छ । शीर्ष सयको सुचिमा ९ चिनिया र ५ अमेरिकी क्लब छन् ।

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

Success

Thank you for your time.