default_image

7 years ago

January 4, 2018

एथ्लेटिको फर्किएको पहिलो खेलमा कोस्टाको गोल

51 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – चेल्सीबाट एथ्लेटिको म्याड्रिडमा पुन: फर्किएका स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले पहिलो खेलमा गोल गरेका छन् । चेल्सीले समर विन्डोमा उनलाई बेचे पनि जनवरीको ट्रान्सफर बजार नखुल्दा सम्म उनले स्पेनिस क्लबसँग खेल्न नपाउने थिए ।  

Costa

एथेलेटिकोबाट पहिलो खेलमा मैदान प्रवेश गरेको ५ मिनेटमा उनले गोल गरेका हुन् । कोपा डेल रेमा लेइडा एस्पोर्ट्युविरुद्दको खेलमा बेञ्चबाट सुरुआत गरेका कोस्टा ६५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले ६९ औं मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई ३-० को अग्रता दिलाएका थिए । स्पेनको तेस्रो डिभिजनको क्लबसँग उक्त खेल एथ्लेटिकोले ४-० ले जित्यो । यो अन्तिम १६ को पहिलो लेगको खेल थियो ।

एथ्लेटिकोका लागि डिएगो गोडिनले ३३ औं मिनेटमा अग्रता दिलाएका थिए भने ३७ औं मिनेटमा लिभरपुल तथा चेल्सीका पूर्व स्ट्राइकर फर्नान्डो टोरेसले दोस्रो गोल दिलाएका थिए । कोस्टाको गोल पछि इन्जुरी समयमा एन्टोनियो ग्रिजमानले चौथो गोल गरेका थिए ।

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

Success

Thank you for your time.