default_image

7 years ago

January 3, 2018

आर्मी र एपीएफ सुपर लिगमा

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन् । लिग अन्तर्गत बुधबार भएको खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० ले तथा एपीएफले पश्चिमाञ्चललाई १४–० ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएका हुन् ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० को फराकिलो अन्तरले पराजित गर्दा सपना लामाले ५ तथा शर्मिला थापामगरले ४ गोल गरिन् । दीपा राईले २ तथा कप्तान कृष्णा खत्रीले एक गोल गरिन् ।

एकपक्षीय बनेको खेलमा आर्मीले खेलको चौथो मिनेटमा नै शर्मिला थापामगरको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा कप्तान कृष्णा खत्रीले अग्रता दोब्बर पारिन् । शर्मिलाले २६ र ३५ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । खेलको ८० औं मिनेटमा उनले अर्काे गोल पनि थपिन् । त्यस्तै सपना लामाले ३८, ५३, ७६ र ८५ औं मिनेटमा गोल गरिन् । दीपा राईले २५ र २९ औं मिनेटमा गोल गरिकी थिइन् ।

लिग अन्तर्गत बुधबारै भएको अर्काे खेलमा एपीएफले पश्चिमाञ्चलमाथि १४–० को फराकिलो जित निकाल्यो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन् । रेखा पौडेल, अनिता केसीले समान २ गोल गर्दा रेनुका नगरकोटी र अनिता बस्नेतले समान १ गोल गरिन् ।पश्चिमाञ्चलविरुद्ध ८ गोल गरेसँगै सावित्राले लिगमा आफ्नो गोल सङ्ख्या २० पुर्‍याएकी छिन् । सावित्राले मध्यपश्चिमविरुद्ध एक्लैले १२ गोल गरेकी थिईन् ।

जितपछि दुवै टोलीको समान दुई खेलबाट ६ अंक भएको छ, तर, गोल अन्तरमा एपीएफ समूहमा शीर्ष स्थानमा छ । यी दुईबीचको लिग चरणको अन्तिम खेलले नै समूह विजेता निर्धारण गर्नेछ । सो खेल शुक्रबार हुँदैछ ।

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

March 12, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]

March 12, 2025

सरस्वतीको सुखद सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]

Success

Thank you for your time.