7 years ago
January 3, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डमाथि ३-१ को जित दर्ता गरेको छ । सिटीको जितमा रहिम स्टेर्लिङले सिजनकै छिटो गोल पनि गरेका थिए ।
स्टेर्लिङले खेल सुरु भएको ३८ सेकेन्डमै गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै वाटफोर्डको डिफेन्डर क्रिस्टियन काबासेलिले १३ औं मिनेटमा आत्मघाती गोल गर्दा सिटीले आफ्नो अग्रता दोब्बर बनायो ।
खेलको ६३ औं मिनेटमा स्ट्राइकर सर्जियो अगुएरोले थप एक गोल गरे भने ८२ औं मिनेटमा वाटफोर्डका स्ट्राइकर आन्द्रे ग्रेले एक सान्तवना गोल फर्काए । यस जितसँगै सिटी तालिकाको अग्रस्थानमा १५ अंकले अगाडि रहेको छ ।
त्यस्तै अर्को खेलमा बलियो टोली टोटनह्यामले स्वान्सीलाई २-० ले हराउन सफल भयो । ह्यारी केनबिना मैदानमा उत्रेको टोटनह्यामका लागि फर्नान्डो लोरेन्टे र डेले अल्लीले गोल गरे ।
त्यस्तै अन्य खेलमा एन्डि कारोलको दुई गोलमा वेष्ट ह्याम वेष्ट ब्रोमसँग २१ ले विजयी भयो भने क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ ले हराउन सफल भयो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]