7 years ago
January 3, 2018
बार्सिलोना (एजेन्सी) – ला लिगाले सार्वजनिक गरेको भागभन्डा अनुसार रियल म्याड्रिड र बार्सिलोनाले टिभी राइट्स स्वरुप अन्य क्लब भन्दा धेरै आमदानी गरेका छन् ।
२०१६ / २०१७ मा टिभी राइट्स मार्फत बार्सिलोनाले १ सय ४६.२ मिलियन युरो आय गरेको हो । त्यस्तै रियलले भने बार्सिलोना भन्दा ५ मिलियन युरो थोरै कमाएको हो । रियलले १ सय ४०.१ मिलियन युरो कमाउँदा तेस्रो स्थानको एथ्लेटिको म्याड्रिडले भने ९९.२ मिलियन युरो हात पारेको हो ।
त्यस्तै चौथोमा एथलेटिक क्लब बिल्बाओले ७१ मिलियन तथा भ्यालेन्सियाले ६७.४ मिलियन युरो हात पारेका हुन् ।
स्पेनको दोस्रो डिभिजनको लिग सेगुन्डा डिभिजनमा भने रायो भालेकानोले ९ मिलियन युरो पायो भने लिग विजेता लेभान्टेले भने ८.७ मिलियन युरो पाएको हो ।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]
January 15, 2025
हिमाल खरेल,बिर्तामोड झापा गोल्ड कप कार्यसमितिको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् । त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, […]
January 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा मंगलवार अंक बाढेको छ। अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोकेको हो । सिटीका लागि दुवै गोल फिल फोडेनले गरे। पहिलो गोल ६६ औं मिनेटमा गरेका फोडेनले अर्को ७८ औं मिनेटमा गरे। ब्रेन्टफोर्डका योआने विसाको ८२ औं मिनेटमा […]