7 years ago
January 2, 2018
लमजुङ/बेशीशहर (हाम्रो खेलकुद)– आयोजक त्रिवणी युवा क्लब र बेसीशहर युथ सोसाइटी लमजुङ २६ औं खुला राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । फाइनलमा पुग्ने दुवै टोली सडन डेथमा विजयी भएका थिए ।
बेसीशहर सहजीस्थित खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले सुन्दरबजारलाई सडनडेथमा ७–६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयमा २–२ गोलको तथा थप समयमा कुनै गोल निस्कन नसकेपपछि खेलको पेनाल्टी सुट आउटमा पुगेको थियो ।
दोस्रो सेमिफाइनलमा बेसीशहर युथ सोसाइटीले घनपोखरा युथ क्लबलाई सडन डेथमै १२–११ ले पराजित गर्दै आयोजक त्रिवेणीसँगको भेट पक्का ग¥यो । निर्धारित र थप समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णयका लागि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।
प्रतियोगिताको विजतोले उपाधिसहित ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्न टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीले समान १५ हजार तथा अनुशासित टोलीले १० हजार रुपैयाँ पाउनेछ । पुस १२ गते सुरु भएको प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको थियो । फाइनल बुधबार हुनेछ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]