default_image

9 years ago

December 27, 2015

आज नेपाल र भारत भिड्दै, बिहानै मन्दिर दर्शन

88 views

0 Bookmark

पुष १२ गते, केरला, भारत

आज नेपाली राष्ट्रिय फूटबल टिमले साफ सुजुकी कपमा आयोजक तथा  डेफेन्डिङ च्यम्पियन भारतको सामना गर्दै छ, पहिलो खेलमा श्रीलङ्कासँग हार बेहेरेको नेपाल गर या मरको स्तितिमा छ, नेपालले आज जित हसिल नगरे प्रतियोगिताबाट बहिरिने छ । सधै खेल आगाडी मन्दिर जाने परम्परा फूटबल टोलिले आज पनि कायम रखेको छ, टोलिले बिहान होटेल नजिकै रहेको मन्दिरमा दर्शन गरेको हो । खेल नेपाली समय ६:४५मा सुरु हुनेछ । 

Nepali national football team visits temple

नेपालले अहिले सम्म भारतनको बचश्वलाई तोड्न उसकै भूमिमा एउटा मौका पाएको छ । पछिल्लो ११ खेलदेखि गोल गर्न नसकेको टोलीले भारतलाई हराएर विजयलयमा फर्कने मौका छ । तर, त्यसमा टोली कति सफल हुन्छ , आइतबार साझसम्म कुर्नुपर्ने हुन्छ । पछिल्लो पटक भारतलाई २–१ ले हराएयता नेपालले सबै खाले प्रतिस्पर्धामा गरि ११ खेलसम्म गोल गर्न सकेको छैन । भारतविरुद्ध नै गोल गरेर गोलको खडरी चिर्ने अवसर पनि नेपाली टोलीसँग छ ।

अहिले सम्म नेपाल र भारतबीच १८ अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये नेपालले नियमित समयमा २ खेलमात्र जित्न सकेको छ भने ६ खेल बराबरीमा टुंगिएका छन् । बाँकी दश खेलमा नेपाल निराश भएको छ । यसपटक भारतलाई उसै भूमिमा निराश पार्ने अवसर नेपाली टोलीसँग छ ।

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

Success

Thank you for your time.