7 years ago
January 2, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज वाटफोर्डसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाडमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ ।
१८ खेल लगातार जितेको म्यानचेस्टर सिटीले पछिल्लो खेल क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै सिजनमा राम्रो सुरुवात गरेको वाटफोर्ड अहिले खराब लयमा रहेको छ ।
प्यालेससँगको बराबरीमा सिटीका मुख्य खेलाडि केभिन डे ब्रुयन घाइते भएका थिए । त्यस्तै ग्याब्रियल जेसस पनि सोहि खेलमा घाइते हुँदै कम्तीमा एक महिनाको लागि बाहिर भएका छन् । डेभिड सिल्भा व्यक्तिगत कारणले खेलमा सहभागी हुने छैनन् ।
अर्को तर्फ वाटफोर्डका लागि पनि थुप्रै खेलाडिहरु घाइते छन् र क्लबका कप्तान ट्रोय डिनी प्रतिबन्धित छन् । वाटफोर्ड २५ अंकका साथ तालिकाको १० औं स्थानमा छ भने सिटीको २१ खेलमा ५९ अंक छ । दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा सिटी १२ अंकले अगाडि रहेको छ ।
त्यस्तै आजको अन्य खेलमा टोटनह्याम र स्वान्सी १.३० बजे भिड्दै छन् । टोटनह्यामका लागि आज ह्यारी केन खेल्ने निश्चित छैन । त्यस्तै सोहि समयमा वेष्ट ह्याम वेष्ट ब्रोमको सामना गर्दै छ भने साउथह्याम्पटन क्रिस्टल प्यालेससँग भिड्दै छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]