7 years ago
January 2, 2018
रोम (एजेन्सी)– इटालियन गोलकिपर जियालुइजी बुफोनले आफुले सामाना गरेका शीर्ष ५ स्ट्राइकरमा बार्सिलोनाका महान्न खेलाडी लियोन मेस्सीको नाम लिएनन् । तर, युभेन्ट्सका सुपरस्टार बुफोनले शीर्ष ५ मा टोटेनह्यामका स्ट्राइकर ह्यारी केनको नाम भने लिएका छन् ।
केनका बारेमा बोल्दै बुफोनले भने, ‘केन अहिले युरोपको उत्कृष्ट स्ट्राइकर हुन् । यसमा कुनै प्रश्न छैन । एउटा खेलाडीका रुपमा सुधारका लागि सधै सम्भावना रहन्छ । तर केहि चीज यस्ता हुन्छन्, ती सिकाउन सकिन्न ।’
अन्य आफुलाई मन पर्ने खेलाडीका बारेमा उनले अगाडी भने, ‘केहि गोल गर्ने खेलाडी यस्ता हुन्छन्, जो जन्मदै प्रतिभावान् हुन्छन् । मैले वर्षौदेखि देखेका मध्ये रोनाल्डो, क्रिस्टियानो रोनाल्डो, इन्जाघी, बाटिस्टुटा ती हुन् । उनीहरुबाट गोलकिपर पीडित हुन्छन् । केन पनि त्यहि मध्येका हुन् ।’ तर, धेरैलाई आश्चार्यमा पार्ने गरि बुफोनले आफ्नो छनोटमा मेस्सीलाई भने राखेनन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]