default_image

7 years ago

January 1, 2018

प्रिमियर लिगमा लिभरपुलको रोमाञ्चक जित

41 views

0 Bookmark

बर्नली (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीलाई अन्तिम मिनेटमा गोल गर्दै पूरा ३ अंक जोड्न सफल भएको छ । लिभरपुलले बर्नलीलाई २-१ को स्कोरले हराउन सफल रह्यो ।

बर्नलीको घरेलु मैदानमा खेलिएको सो खेलको पहिलो हाफ गोलरहित सकियो । तर दोस्रो हाफ निकै रोमाञ्चक भएको थियो । खेलको ६१ औं मिनेटमा साडियो मानेले लिभरपुललाई अग्रता दिलाएका थिए ।

बर्नलीका जोहान गुड्मन्सनले खेलको ८७ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई १ अंक दिलाउने अाशा दिलाए । तर इन्जुरी समयको चौथो मिनेटमा लिभरपुलका डिफेन्डर राग्नार क्लाभानले गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् । जितका बावजुद लिभरपुल तालिकाको चौथो स्थानमा यथावत् छ ।

त्यस्तै लेस्टर सिटीले हडर्सफिल्डलाई ३-० ले हराउन सफल भयो । लेस्टरका लागि रियाद मारेज, इस्लाम स्लिमानी र मार्क अल्ब्राइटनले गोल गरेका थिए । त्यस्तै अन्य खेलमा अयोजे पेरेजको गोलमा न्युकासलले स्टोकलाई १-० ले हरायो । आजको पहिलो खेलमा ब्राइटन र बोर्नमथले २-२ को बराबरी खेलेका थिए ।

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बुले २, रश्मिकुमारी घिसिंङ र प्रीति राईले समान १ गोल गरे । बागमतीले २ आत्मघाती गोल गर्यो । […]

January 15, 2025

झापा गोल्ड कपको अध्यक्षसहित सबै पदमा सर्वसम्मत

हिमाल खरेल,बिर्तामोड झापा गोल्ड कप कार्यसमितिको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् । त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, […]

January 15, 2025

म्यानचेस्टर सिटीले अग्रता जोगाउन सकेन

एजेन्सी – म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा मंगलवार अंक बाढेको छ। अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोकेको हो । सिटीका लागि दुवै गोल फिल फोडेनले गरे। पहिलो गोल ६६ औं मिनेटमा गरेका फोडेनले अर्को ७८ औं मिनेटमा गरे। ब्रेन्टफोर्डका योआने विसाको ८२ औं मिनेटमा […]

Success

Thank you for your time.